Logo

प्रमुख समाचार

आँधी प्रभावित क्षेत्रमा प्रदेश ३ मुख्यमन्त्रीले गरे सराहनीय काम



बारा, पर्सामा आइतबार रातिको आँधी-हुरीबाट पीडितलाई प्रदेश ३ सरकारले १ करोड रुपैयाँ सहयोगको घोषणा गरेको छ ।प्रदेश मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले प्रदेश २ सरकारमार्फत पीडितलाई राहत दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री डोरमणि पौडेलसहित आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलालसहितको टोली सोमबार प्रभावित क्षेत्र निरीक्षण गर्न पुगेको थियो ।

यो टोलीले प्रभावित क्षेत्रको निरीक्षणपछि बाराको कलैया अस्पताल र वीरगन्जको नेसनल मेडिकल कलेज पुगेर घाइतेहरुको अवस्थाबारे जानकारी लिएको थियो ।बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धान्जली, आफन्तजनप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलवार ०७:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।