Logo

शेयर बजार

नेप्सेमा उच्च गिरावट, शिवम् सिमेन्टको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँले घट्यो



साताको तेस्रो कारोवार दिन मंगलबार नेप्सेमा उच्च अंकले गिरावट आएको छ । आज शिवम् सिमेन्टको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँ ७७ पैसाले घटेर तीन सय १० रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ ।

नेप्से आज १० दसमलव ५८ अंकले घटेर ११ सय ८१ दसमलव १० अंकमा पुुगेको छ । सेन्सिटिभ पनि दुुई दसमलव १५ अंकले घटेर दुुई सय ५२ दसमलव ८५ अंकमा पुुगेको छ ।

एक सय ७० कम्पनीहरुको सात हजार ७० वटा कारोवारमा २७ लाख ८८ हजार आठ सय ८६ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ७३ करोड ५१ लाख ५९ हजार नौ सय ९२ रुपैयाँ पुुगेको छ ।

१० वटा समुहको कारोवार भएकोमा १० वटै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । बाँणिज्य बैंक समुहको सुचक नौ दसमलव ३६ अंकले घटेर एक हजार ४८ दसमलव ६१ अंकमा पुुगेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलवार ११:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।