Logo

प्रमुख समाचार

बागमती नदीमा चल्यो मोटरबोट, सिन्धुली जिल्ला पनि लाभान्वित हुने



बागमती नदीमा मोटरबोट सञ्चालनमा आएको छ । दुई प्रदेशका चार जिल्लालाई पायक पर्ने गरी बागमती नदीमा आइतबारबाट मोटरबोट सञ्चालनमा आएको हो ।प्रदेश २ का रौतहट र सर्लाही तथा प्रदेश ३ का मकवानपुर र सिन्धुली जिल्लाको बीचमा पायक पर्ने गरी बागमती नदीबाट गन्तव्यमा पुग्नेगरी मोटरबोट परीक्षणका लागि सञ्चालनमा ल्याइएको हो ।

मकवानपुर क्षेत्र नम्बर १ का सांसद तथा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालको नेतृत्वमा मोटरबोट सञ्चालनमा ल्याइएको हो ।मोटरबोट सञ्चालनमा आएपछि मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर २ राईगाउँ, सिन्धुली जिल्लाको हरिहरपुर गढी गाउँपालिका, सर्लाहीको बागमती नगरपालिका र रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाका नागरिकलाई जलमार्गबाट गन्तव्यसम्म पुग्न सहज हुने देखिन्छ ।

सरकारी निकायबाट सञ्चालन गर्दा झन्झटिलो हुने भएकाले यसको व्यवस्थापन निजी क्षेत्रलाई दिने तयारी भइरहेको बुझिएको छ । तत्कालको लागि भाडामा लिइएको मोटरबोटको मासिक दुई लाख भाडा तिर्नुपर्ने बताइएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार ०९:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।