Logo

पत्रपत्रिका

टुटललाई कर ३.५ करोड, पठाओमाथि छानबिन जारी



‘राइड सेयरिङ’ सेवा दिने कम्पनी टुटलले ३ करोड ४० लाख कर तिर्नुपर्ने भएको छ । आन्तरिक राजस्व कार्यालय ललितपुरले करिब तीन महिना फाइल अध्ययन गरी कर छलीको निष्कर्ष निकाल्दै कम्पनीमाथि कर निर्धारण गरेको हो ।

यो रकम जरिवाना र ब्याजसहितको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा कृष्ण आचार्य र विजय तिमल्सिनाले लेखेका हुन् ।

‘तीन आर्थिक वर्षको मूल्य अभिवृद्धि कर ९भ्याट०, संस्थागत आयकर र राइडरलाई दिने रकमको अग्रिम करकट्टी शीर्षकमा कर निर्धारण गरिएको हो ।’, राजस्व स्रोतले भन्यो ।

टुटलपछि बंगलादेशी कम्पनी पठाओले पनि एक वर्षअघि नेपालमा यस्तै सेवा सुरु गरेको छ । पठाओले पनि कर छली गरेको आशंकामा कर दर्ता कार्यालयले छानबिन गरिरहेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार ०१:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।