Logo

पत्रपत्रिका

हिरासतमा किशोरको मृत्यु, ‘झुन्डिएको ठाउँ देखाऊ भन्दा मानेनन्’



मेचीनगर–६, काँकरभिट्टाका १५ वर्षीय किरण कार्की ढोली ‘दर्जी’ को हिरासतमा शंकास्पद मृत्यु भएको घटना छानबिनका लागि प्रहरीले उनको परिवारसँग बयान लिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रहरीले इलाका, जिल्ला र प्रदेशस्तरका तीन समिति बनाएको थियो । प्रदेशस्तरीय छानबीन समितिले बुधबार राति मृतकका परिवारसँग सोधपुछ गरेको हो । एसएसपी किशोर दाहाल संयोजकत्वको तीन सदस्यीय टोलीले राति ९ बजेसम्म बयान लिएको थियो ।

मृतकका बुबा रमेशले बयान दिन इन्कार गरेका थिए । ‘बयान दिएर मेरो छोरो फर्किएर आउने होइन,’ उनले भनेका थिए । मृतककी दिदी प्रतिमा र भाउजू सिर्जनाले बयान दिएका थिए ।

किरणले हिरासतमा आत्महत्या गर्नै नसक्ने सिर्जनाले गरेकी थिइन् । घटनापछि किरणको शव बुझ्न मेची अञ्चल अस्पतालसमेत पुगेकी उनले किरण झुन्डिएको स्थान हेर्छु भन्दा प्रहरीले नदिएको बताइन् ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार ०१:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।