विभिन्न अड्कल बाजीका विच अन्तत उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फोरम र बाडाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच वैशाख २३ गते एकता घोषणा हुने तय भएको छ ।
नयाँ शक्ति निकट स्रोतका अनुसार वैशाख २० गते नयाँशक्ति पार्टीको सचिवालय बैठक बसेर एकताबारे निर्णय गर्नेछ । सचिवालयको निर्णय २१ केन्द्रीय समितिमा अनुमोदनका लागि लगिनेछ ।
२१ गते नै संघीय समाजवादी फोरमको केन्द्रीय समिति बैठकले नयाँ शक्तिसँग एकताको कार्यविधि पास गर्ने तयारी रहेको स्रोतको दाबी छ ।२२ गते बाँकी काम पूरा गर्ने र २३ गते राष्ट्रिय सभागृहमा एकता घोषणा कार्यक्रम आयोजना गर्न लागिएको नयाँ शक्तिका एक नेताले बताए ।
स्रोतका अनुसार डाक्टर बाबुराम भट्टराई र उपेन्द्र यादव दुवै अध्यक्ष रहने गरेर पार्टी एकता गर्ने तयारी रहेको छ । तर वरिष्ठताका आधारमा भट्टराई अगाडि रहनेछन् ।
फोरम र नयाँ शक्तिबीच चुनाव अगाडि नै एकता गर्ने प्रयास भएपनि नेतृत्व विवादका कारण सफल हुन सकेको थिएन । पछिल्लो समय राजपा र फोरमबीच पनि एकता हुने चर्चा चलेको थियो ।

















प्रतिक्रिया