इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्स बिचको खेलमा सन्दीप लामिछाने अन्तिम समयमा बेन्चमा बसेका थिए । सुरुवाती समयमा टोलीमा पारेर अन्त्यमा भने उनको ठाउमा अर्को खेलाडी रोजेर कार्टुन बनाइएको छ ।
टसको समयमा दिल्लीका कप्तान श्रेयसले सन्दीप सुरुवाती रोजाइमा रहेको भनेपनि अन्तिम समयमा टोलीमा परिवर्तन गरिएको हो ।
चेन्नईको घरेलु मैदान एमए चिन्दरम स्टेडियमा टस जितेर बलिङ रोजेको दिल्लीले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको भनेपनि अन्तिम समयमा सन्दीपको स्थानमा क्रिस मोरिस खेलेका हुन् । सामान्य चोटका कारण कागीसो रबाडाको स्थानमा ट्रेन्ट बोल्ट टोलीमा आएका छन् ।
इशान्त शर्माको स्थानमा जगदिश सुचित टोलीमा परेका छन् । सन्दीप पनि चोटका कारण अन्तिम समयमा टोलीमा नपरेको आंकलन गरिएको छ ।
दिल्लीले आफ्नो अधिकारिक ट्वीटर तथा आईपीएलको अधिकारिक ट्वीटरमा पनि सन्दीप नै सुरुवाती रोजाईमा रहेको उल्लेख गरिएको थियो । चेन्नईले आफ्नो तीन मुख्य खेलाडीलाई यस खेलमा फिर्ता बोलाएको छ । पछिल्लो खेलमा विश्राम लिएका कप्तान महेन्द्रसिंह धोनीसहित रविन्द्र जडेजा र फफ डु प्लेसिस टोलीमा फर्किएका छन् ।
जारी आईपीएलमा सन्दीपले ६ खेलमा ८ विकेट लिएका छन् । अन्ततः गएरातिको खेलमा दिल्ली चेन्नईसँग पराजित भएको छ ।















प्रतिक्रिया