Logo

समाचार

सतर्क रहन अनुरोघ, आज पनि यी ठाँउमा आउँदै छ हावाहुरी !



बंगालको खाडीको दक्षिण पूर्वी भागमा भएको ‘फानी’ नामक आँधीको प्रभाव नेपालको हिमाली क्षेत्रमा पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

बंगालको खाडीको दक्षिण पूर्वी भागमा बनेको शक्तिशाली चक्रवात ‘फानी’ विस्तारै उत्तर –पश्चिम दिशातर्फ अगाडि बढेकाले यसको ठूलै प्रभाव नपरे पनि हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना भएकाले सावधान अपनाउन मौसमविद्ले आग्रह गरेका हुन् ।

शुक्रबार यो प्रणाली ओडीसा आसपास तिर मोडिने मौसमविद् विभुती पोख्रेलले बताउनुभयो । यसको प्रभावले नेपालको पूर्वी भूभागमा हावाहुरीसहित हल्कादेखि मध्यम किसिमको वर्षा हुने मौसमविद् पोखरेलले जानकारी दिए ।

फानी नामक आँधीको प्रभाव नेपालमा पर्ने या नपर्ने बारेमा केही दिन यता मौसमविद्ले अध्ययन गर्दै आएका छन् । अहिलेसम्म यो चक्रवात नेपालमा प्रवेश गर्ने सम्भावना नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारतमा भने ‘फानी’ले विनाश निम्ताउन सक्ने भन्दै उत्तरी तमिलनाडु, पुडुचेरी, आन्ध्र प्रदेशको तटीय क्षेत्रलगायतका ठाउँमा पर्सीसम्म सतर्क रहन सूचित गरिएको छ ।

१ सय ५५ देखि १ सय ७५ किलोमिटर प्रतिघण्टाको वेगमा आँधी आउने, भारी वर्षा हुने र समुद्री लहर उठ्ने भारतीय मौसमविदले चेतावनी दिएका छन् । यसअघि २७ चैतमा आएको ‘टोर्नाडो’ आँधीका कारण नेपालका बारा र पर्सामा २८ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार १०:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।