काठमाडौं उपत्यकामा अहिले मौसम खुले पनि पूर्व र पश्चिमका केही भागमा भने बदली भइ पानी परेको छ। भारतमा आएको चक्रवात फानीले देशका विभिन्न भागमा मौसम बदली भइ पानी परेको थियो।
हिजो बदली गराएको चक्रवात फणी र पश्चिमी न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएकाले उपत्यकामा घाम लागेको हो।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मन्जु बासीले पूर्वमा असर पारेको चक्रवात फणी कमजोर हुँदै गएकाले आज बेलुकीपछि पूर्वको मौसम पनि खुल्दै बताइन्।
तर फणीकै प्रभावले दिउँसो पूर्वमा मेघगर्जन र हुरीबताससहित केही ठाउँमा पानी पर्ने सम्भावना छ।
हिजोअस्तिको बादल बाँकी रहेकाले बेलुका तिर काठमाण्डौ उपत्यकाको थोरै ठाउँमा पानी पर्न सक्ने मौसमविद् बासीको भनाइ छ।
अपडेट : चक्रवात “फानी”
२१ गते शनिबार बैशाख २०७६, ०८:३० बजे
धेरैनै शक्तिशाली चक्रवात “फानी” रातभरमा कम्जोर भई चक्रवातको रुपमा हाल उत्तर पश्चिम कोलकाता पुगेको छ र सो प्रणालि अझै कम्जोर हुने क्रममा छ |
यसको प्रभावबाट नेपालको पूर्वी क्षेत्रमा (शनिबार ) मौसम प्रभावित भइ पूर्वका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहको छ भने हिमाली भूभागमा पनि हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको देखिन्छ।साथै देशको पश्चिमी र मध्य क्षेत्रमा आज (शनिबार) पश्चिमी वायुको प्रभाव रहने हुँदा अपरान्ह पश्चात केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग तथा हावाहुरी सहित वर्षाको सम्भावना देखिन्छ| शनिबार राती देखि देशभर मौसममा क्रमिक रुपमा सुधार आउने सम्भावना छ।
बैशाख २१ गते (शनिबार):
दिउँसोः देशको पुर्वी भु-भागमा सामान्य बदली तथा मध्य र पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रही पुर्वी भु-भागका केहि स्थानहरुमा , मध्य र पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको संभावना रहेको छ र उच्च पहाडी र हिमालि भु-भागमा हल्का देखि मध्यम हिमपात हुने संभावना छ।
राति: देशको पहाडी भूभागमा आंसिक देखि सामान्य बदलि तथा बाकी भूभागमा आंशिक बदली रहनेछ। देशको पहाडी भूभागको थोरै स्थानहरुमा स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित हल्का वर्षाको संभावना रहेको छ।
बैशाख २२ गते (आइतबार):
दिउँसोः देशको पहाडी भु-भागमा आंसिक देखि सामान्य बदलि रही बाँकि भु-भागमा आंसिक बदलि हुने देखिन्छ। पुर्वी पहाडी भु-भागका थोरै स्थानहरुमा , मध्य र पश्चिमका पहाडी भु-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ।
राति: देशको पहाडी भु-भागमा आंसिक बदलि रही बाँकि भु-भागमा सामान्यतया सफा हुने देखिन्छ।पहाडी भु-भागका थोरै स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ।
बैशाख २३ गते (सोमबार ):
दिउँसोः देशको पहाडी भु-भागमा आंसिक बदलि रही बाँकि भु-भागमा सामान्यतया सफा हुने देखिन्छ।पूर्वी पहाडी भु-भागका १/२ स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ
राति: देशको पहाडी भु-भागमा आंसिक बदलि रही बाँकि भु-भागमा सामान्यतया सफा हुने देखिन्छ।पहाडी भु-भागका थोरै स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ।

















प्रतिक्रिया