Logo

मनोरञ्जन

पल र आँचल विवाह बन्धनमा यसरी बाँधिए



चर्चित अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा विवाह बन्धनमा बाँधिएका छन् । आँचल र पल वास्तविक जीवनमा नभइ एउटा म्युजिक भिडियोका लागि दुलहा र दुलहीको रूपमा देखिएका हुन्। भर्खरै मात्र छायांकन भएको नयाँ म्युजिक भिडियोमा उनीहरूले विवाह बन्धनमा बाँधिएको दृष्यांकन गरिएको छ।

उनीहरूले कुन गीतको म्युजिक भिडियो गर्न लागेका हुन् भन्ने बारे निर्माण पक्षलेले जानकारी दिएको छैन। तर,यो भिडियो चाँडै नै दर्शक माझ आउने बताइएको छ।

उनीहरूका धेरै फ्यानहरूले रिलमा मात्र नभएर रियलमा पनि यो जोडीको विवाह होस् भने धेरै आशा राखेका छन्। तर उनीहरु एक अर्कामा असल साथी मात्र भएको दाबी गर्दै आइरहेका छन्।

चलचित्र नाईं नभन्नु ४ ले जुराएको यो जोडीको पछिल्लो समय एकसाथ अभिनय नगरेता पनि विभिन्न म्युजिक भिडियोमा भने देखिने गरेका छन्। यति बेला पल शाह स्टारर चलचित्र वीरविक्रम २ जेठ ३ गतेबाट रिलिज हुँदैछ,। आँचल शर्मा अभिनित दालभात तरकारी यहि वैशाख २० गतेबाट देशभर प्रदर्शन भईरहेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलवार ०९:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।