Logo

समाचार

विधिको शासन सुनिश्चितता : चोलेन्द्र समशेर राणा



प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले विधिको शासन सुनिश्चिताका लागि योगदान गर्ने प्रेरणा दिएका छन ।

आज कानुन दिवसको अवसरमा उनले शुभकामना सन्देश दिँदै विधिको शासन सुनिश्चिताका लागि योगदान गर्ने प्रेरणा मिलोस् भनेका हुन् ।
कानुन दिवसमा न्याय क्षेत्रमा संलग्नहरुले बिभिन्न कार्यक्रम गरी मनाउँने गर्छन् ।

नेपालमा विक्रम संवत् २००८ सालमा प्रधान न्यायालय ऐन जारी भएको थियो । त्यसमा २००९ साल वैशाख २६ गते तत्कालीन राजा त्रिभुवनले लालमोहर लगाएर कार्यान्वयनमा ल्याएका थिए । सोही दिनको दिनको स्मरणमा हरेक वर्ष २६ वैशाखलाई कानून दिवसको रुपमा मनाइन्छ ।

दिवसको अवसरमा प्रधानन्यायाधीश राणाले जनआस्थामा आधारित न्याय पद्धतिको स्थापना र विकास गर्न आजको दिनले थप हौसला प्रदान गर्ने विश्वाससमेत व्यक्त गरेका छन् । ‘स्वतन्त्र न्यायपालिका, विधिको शासन, संवैधानिक सर्वोच्चता एवम् लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध रहँदै निष्पक्ष र सक्षम न्यायपालिकाको प्रवर्द्धन र सहज पहुँचयुक्त एवम् जनआस्थामा आधारित न्याय पद्धतिको स्थापना र विकास गर्न आजको दिनले थप हौसला प्रदान गर्ने विश्वास समेत लिएको शुभकामना सन्देशमा लेखिएको छ ।

साथै उनले कानुन दिवस २०७६ ले समानता, न्याय र विधिको शासनको सुनिश्चितताका लागि आ-आफ्नो ठाउँबाट योगदान गर्ने सकारात्मक सोच, प्रेरणा र क्षमता सबैमा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार ०५:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।