सप्तरी जिल्लाका अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ मा दलित समुदायको मानिसले उच्च जातकी छोरी विहे गरेको भन्दै जनप्रतिनिधिले नै कुटपिट गरेका छन् ।
सोही गाउँका राजु खंगले आफुभन्दा ठुलो जातकी साक्षी सिंहलाइ भगाएको भन्ने वडाअध्यक्ष सहित व्यक्तिले कुटपिट गरेका हुन् । उच्च जातकी छोरी भगाएको भन्दै आक्रोशित बनेका वडाध्यक्षसहित व्यक्तिहरुले घरघर पसेर महिला र बालबालिकालाई समेत कुटपिट गरेको उनीहरु बताउँछन् । साक्षीलाई भगाएर कहाँ लगेको भन्ने गाउँलेलाई जानकारी नरहेको भन्दाभन्दै पनि सोध्न आएका वडाध्यक्षसहित व्यक्तिले कुटपिट गर्न थालेको पिडितहरुको आरोप छ ।
कक्षा ९ मा अध्ययरत राजु र साक्षी केही समयदेखि प्रेम सम्बन्धमा थिए । तर यता, वडाध्यक्ष श्रीप्रसाद यादवले गैरदलितको छोरी भगाएर समाजमा नमिल्ने कुरा गरेको बताएका छन् ।
कुटपिट पछि पीडितहरु न्याय माग्दै सदरमुकाम राजविराज आएपछि घटना उजागर भएको छ ।

















प्रतिक्रिया