Logo

मधेश प्रदेश

दलित चै के मानव हैन र ? जनप्रतिनिधीबाटै कुटिए दलित !



सप्तरी जिल्लाका अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ मा दलित समुदायको मानिसले उच्च जातकी छोरी विहे गरेको भन्दै जनप्रतिनिधिले नै कुटपिट गरेका छन् ।

सोही गाउँका राजु खंगले आफुभन्दा ठुलो जातकी साक्षी सिंहलाइ भगाएको भन्ने वडाअध्यक्ष सहित व्यक्तिले कुटपिट गरेका हुन् । उच्च जातकी छोरी भगाएको भन्दै आक्रोशित बनेका वडाध्यक्षसहित व्यक्तिहरुले घरघर पसेर महिला र बालबालिकालाई समेत कुटपिट गरेको उनीहरु बताउँछन् । साक्षीलाई भगाएर कहाँ लगेको भन्ने गाउँलेलाई जानकारी नरहेको भन्दाभन्दै पनि सोध्न आएका वडाध्यक्षसहित व्यक्तिले कुटपिट गर्न थालेको पिडितहरुको आरोप छ ।

कक्षा ९ मा अध्ययरत राजु र साक्षी केही समयदेखि प्रेम सम्बन्धमा थिए । तर यता, वडाध्यक्ष श्रीप्रसाद यादवले गैरदलितको छोरी भगाएर समाजमा नमिल्ने कुरा गरेको बताएका छन् ।
कुटपिट पछि पीडितहरु न्याय माग्दै सदरमुकाम राजविराज आएपछि घटना उजागर भएको छ ।

 

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार ०७:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।