राष्ट्रिय जनता पार्टी (राजपा) नेपालल महाधिवेशनको तयारीमा जुटेको छ ।
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरणपछि बनेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालल महाधिवेशनको तयारीमा जुटेको हो । यही वैशाखमा गर्ने भनेको महाधिवेशन तयारी नपुगेको भन्दै कात्तिक २८, २९ र ३० गतेका लागि सारेको थियो । केही समय एकताका लागि छलफलमा अल्मलिएको राजपा नेपाल अहिले भने महाधिवेशनको तयारीमा जुटेको प्रवक्ता एवं महासचिव केशव झाले बताए । झाका अनुसार विधानको मस्यौदा तयार भइसकेको छ, वैशाख ३१ गते त्यसलाई अन्तिम रुप दिने तयारी भइरहेको छ ।
वैशाख मसान्तसम्म सदस्यता लिने मिति पनि तोकिएको छ । जेठ ५ गतेसम्म जिल्लामा सदस्यता काटिएको प्रतिवेदन आइसक्नुपर्ने र त्यहाँबाट १० गतेभित्र केन्द्रमा आइपुग्ने मिति तोकिएको प्रवक्ता झाले बताए । सदस्यता वितरणका लागि पटक पटक म्याद थपिएको थियो । यो म्याद अन्तिम भएकाले नथपिने उनले बताए । सदस्यताको तथ्याङ्क आइसकेपछि वडादेखि प्रदेशसम्मको अधिवेशनको मिति तय हुने झाको भनाई छ ।















प्रतिक्रिया