Logo

बागमती प्रदेश

नेकपा रामेछापको जिल्ला कमिटीले पूर्णता पाउँदै



पार्टी एकता भएको एक बर्षपछि नेकपा रामेछापको जिल्ला कमिटीले पूर्णता पाएको छ । नेकपा रामेछापले १ सय ३५ जनाको जिल्ला कमिटी बनाउने गरी तीन नम्बर प्रदेश कमिटीलाई सिफारिस गरेको हो ।

पूर्व एमालेबाट ६९ र पूर्व माओवादी केन्द्रबाट ६६ जना रहने गरी जिल्ला कमिटीमा रहने नामावली तयार गरेर सिफारिस गरेको छ । नेकपा रामेछापका सचिव शान्ति पौडेलले १ सय ३५ सदस्यीय जिल्ला कमिटी बन्ने भएका छन् । जिल्ला कमिटीका अध्यक्ष र सचिवको चयनसँगै जिल्ला कमिटीलाई पूर्णता दिने काम अगाडि बढेको छ । पूर्व जिल्ला कमिटीमा रहेकाहरुलाई नै केही संख्या घटाएर जिल्ला कमिटीको लागि सिफारिस गरिएको उनले बताए ।
तीन नम्बर प्रदेश कमिटीका सचिव आनन्द पोखरेले जेठ ३ गते १३ वटै जिल्लाका जिल्ला कमिटीमा रहने सदस्यहको नामावली घोषणा गर्नेभएका छन् । रामेछापबाट प्रदेश कमिटीमा १३ जना यस अघि नै चयन भइसकेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आईतवार ०६:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।