Logo

राजनीति

बजेटको अनुशासन कायम भएन : ज्ञानेन्द्र बहादुर कार्की



नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र बहादुर कार्कीले बजेटको अनुशासन कायम भएको भन्ने सरकारको दाबी सही नभएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको आईतबारको बैठकको छलफलमा आफ्नो धारणा राख्दै यस्तो टिप्पणी गरेका हुन् ।

सांसद कार्कीले अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई राजनीतिक आग्रह र पूर्वाग्रहबाट मुक्त हुन पनि सुझाव दिएका छन् । उनले मुलुकको ढुकुटीको चावी बोकेको सरकारको अर्थमन्त्रीले राजनीतिक आग्रह र पुर्वाग्रह भन्दा माथि उठेर यथार्थवादी हुनु जरुरी रहेको बताए । आफू बाहेक अरु सबै खराब हुन भन्ने दर्शनले अर्थतन्त्रलाई सही बाटो दिन सक्दैन र सरकारले यत्रतत्र जथाभावी कनिका जसरी बजेट छरेर भोटको राजनीतिलाई सुरक्षा गर्ने अस्त्रको रुपमा लिएको भन्दै उनले त्यसतर्फ गम्भीर ध्यानाकर्षण गराए ।

सामाजिक सुरक्षाको दायरामा ल्याउने गरि बजेट तर्जुमा गर्ने, कृषि उत्पादनमा वृद्धि, आयात निरुत्साहित र निर्यात वृद्धि, व्यापार घाटा कम गर्ने तथा राजश्व प्रणालीलाई लगानी मैत्री बनाउने भनिएपछि प्राथमिकतामा नपरेको भन्दै यसबारे स्पष्ट योजना आउनुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आईतवार ०७:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।