Logo

प्रमुख समाचार

जब राजदुतले ओली सरकारविरुद्ध ट्विट गरे…



नेपालका लागि अमेरिकी राजदूत -याण्डी बेरीले प्रेस स्वतन्त्रता कुनै पनि लोकतन्त्रको आधारभूत पक्ष रहेको उल्लेख गर्दै सूचनाको स्वतन्त्र प्रवाहका बाधा पु-याउने प्रयासप्रति चिन्ता व्यक्त गरेका छन् ।

प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने कानुन बनाउन सरकार अगाडि बढिरहेका बेला राजदूत बेरीले सोमबार ट्विटमार्फत भनेका छन्, ‘नेपालका नेताहरुले मसँग लोकतान्त्रिक स्वतन्त्रताका निरन्तर आफ्नो प्रतिबद्धता जनाएका छन् ।

प्रेस स्वतन्त्रता कुनै पनि लोकतन्त्रको आधारभूत पक्ष हो र नियम, कानून एवं कार्यहरुद्वारा सूचनाको स्वतन्त्र प्रवाहमा बाधा पु-याउने कोसिसप्रति चिन्तित छु ।’ कान्तिपुर दैनिकबाट

याे पनि पढ्नुहाेस् 

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कम्बोडियाली राजदरबारको उत्तरी भागमा अवस्थित राष्ट्रिय सङ्ग्रहालय अवलोकन गरेका छन् ।

प्रधानमन्त्री ओली सोमबारदेखि कम्बोडियाको औपचारिक भ्रमणमा रहेका छन् । त्यहाँको राष्ट्रिय सङ्ग्रहालयमा १९१७ देखि १९२० सम्म माटाबाट बनाइएका परम्परागत संरचना राखिएका छन् ।

यो सङ्ग्रहालय खमेर वास्तुकलाका सबैभन्दा राम्रो सङ्कलनका रुपमा रहेको बताइएको छ । यहाँ एङ्करवाट नजीकै पश्चिमी मेबन मन्दिरमा सन् १९३६ मा उत्खनन गर्दा प्राप्त भएको विष्णुको काश्यमूर्ति पनि राखिएको छ ।

त्यहाँका मूर्तिमा पाँचौँदेखि आठौँ शताब्दीसम्मका भारतीय मूर्तिकला तथा त्यसको खमेर वास्तुकलामा सङ्क्रमण देख्न सकिन्छ । यहाँ छैटौँ शताब्दीमा बनेको तथा नोम दामा प्राप्त आठ हातयुक्त हरिहरको मूर्ति पनि राखिएको छ ।

त्यहाँ एङ्कोरबाटमा प्राप्त शिवका नवौँदेखि तेह्रौँ शताब्दीमा बनेका मूर्ति तथा चौथोदेखि चौँधौँ शताब्दीमा बनेका भाँडाकुँडा पनि राखिएका छन् । यहाँ कपडाका ऐतिहासिक वस्तु छन् । उक्त राखिएको हातले बुनेको एक पछ्यौरा एक किलोमिटरभन्दा लामो छ जसलाई गिनिज बुक अफ वल्र्ड रेकर्डस प्रमाणपत्र दिएको छ ।

प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत रहेका थिए ।

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार ०५:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।