Logo

पत्रपत्रिका

‘गुटको होइन कांग्रेसको नेता भएर आऊ’



नेपाली कांग्रेसले सुरु गरेको एक महिने ‘हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान’ ७७ वटै जिल्लामा जारी रहँदा कार्यकर्ताले केन्द्रीय नेतृत्वलाई गुटको होइन कांग्रेसको नेता भएर आउन सुझाव दिएका छन्।

केन्द्रमा देखिएको गुटगत प्रवृत्ति अब जिल्ला हुँदै गाउँ–गाउँसम्म औपचारिक वा अनौपचारिकरूपमा पुगेको छ। केन्द्रमा रहेको मतभिन्नता विस्तारै तल्लो तहसम्म पुगेको जानकारी अनुगमन रहेका कानुन व्यवसायीहरूबाट प्राप्त भएको छ।

कांग्रेसको केन्द्रीय अनुशासन समितिले ७७ वटै जिल्लामा राष्ट्रिय जागरण अभियानलाई बढी मर्यादित, अनुशासित एवं व्यवस्थित बनाउन डेमोक्र्याटिक लयर्स एसोसिएसन ९डिएलए० लाई पत्राचार गरी स्थलगत निरीक्षण तथा अनुगमन गर्न आग्रह गरेको थियो।

जिल्ला जिल्लाबाट प्राप्त विवरण अनुसार, वडा तहबाटै केन्द्रीय सदस्य निर्वाचित भएर आउनुपर्ने र समानुपातिक समावेशी प्रतिनिधित्व गराउँदा एकै व्यक्तिले पटक–पटक अवसर पाउनु हुन्न भन्ने मत राख्ने क्रम जारी रहेको छ। तर हालको विधानमा यस्तो व्यवस्था छैन।

डिएलएका जिल्ला अध्यक्षहरूसँग गरिएको कुराकानीका आधारमा अधिकांश जिल्लामा केन्द्रमा रहेको गुटउपगुटको प्रभाव तल्लो तहसम्म पुगेको देखिन्छ। सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्ष गरी तीनवटा गुटमा कांग्रेस रुमलिएको देखिन्छ।

डिएलए दैलेखका अध्यक्ष दमनराज बमले जिल्लाका कार्यकर्ताले सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको वरिपरि घुमेर निर्वाचनमा टिकट लिने प्रवृत्तिको अन्त्य हुनुपर्ने माग गरेको जानकारी दिए।

अध्यक्ष बमले भने, ‘‘कार्यकर्ताले केन्द्रीय गुटको प्रभावमा कार्यकर्तालाई नपार्न र नेताहरू गुटको नेता होइन कांग्रेसको नेता भएर आउन आग्रह गरेका छन्, दैलेखमा सत्तारुढ दलले डोजर आतङ्क मच्चाएको, उपभोक्ता समिति एकलौटी र अपारदर्शी हिसाबले गठन गरेको गुनासो पनि गरेका छन्।’’ गोरखापत्र दैनिक

प्रकाशित मिति : ६ जेष्ठ २०७६, सोमबार ०२:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।