सरकारले सहकारी संस्थालाई मर्जरमा जानको लागि प्रोत्साहन गर्ने भएको छ ।
सहकारी तथा भूमि व्यवस्थाको लागि ७ अर्ब ६९ करोड विनियोजन भएको छ।
कृषि, उर्जा, आवास, पर्यटन क्षेत्रमा सहकारीले प्रवेश पाउने भएको छ । बचत तथा ऋणको काम गर्ने सहकारीलाई मर्जमा जान प्रोत्साहन गर्ने । ब्याजदर प्रतिस्पर्धी हुने बजेटमा उल्लेख छ ।
यस्तै सबै खाले अतिक्रमणमा परेका सबै सरकारी जग्गालाई राज्यले नियन्त्रण गर्ने भएको छ। सरकारले लिज कानून पनि निर्माण गर्ने भएको छ।
अतिक्रमति सबै जग्गालाई राज्यले नियन्त्रण गर्ने भएको छ। सरकारले लिज कानून पनि निर्माण गर्ने भएको छ। आगामी दुई वर्षमा सबै जग्गाको नक्सा विद्युतीय प्रणालीमा रहने भएको छ । भू सूचना पाउन लाइडर व्यवस्था ल्याउन ७५ करोड विनियोजन भएको छ ।
यस्तै दुर्गम क्षेत्रका सुत्केरी तथा गर्भवतीको उद्दारका लागि २२ करोड बजेट विनियोजन गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकका लागि बजेट छुट्याइएको जनाउँदै अर्थमन्त्री डा युवराज खतिवडाले हिंसापीडित महिलाको उद्दार र राहत र कानुनी उपचारका लागि पुनस्थापना केन्द्र बनाउने बताएका छन्। सरकारले महिला बालबालिका र ज्येष्ठका लागि ७८ अर्ब बजेट विनियोजन गरेको छ ।
स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ६८ करोड
सरकारले विपन्न नागरिक लागि दिँदै आएको ११ वटा कडा रोगहरूको उपचार सेवाको लागि आगामी वर्षका लागि २ अर्ब छुट्याएको छ। यस्तै सबै जिल्लाका जनतालाई स्वास्थ्य बिमाको पहुँचमा ल्याउनका लागि स्वास्थ्य बिमाका लागि बिमा ६ अर्ब छुट्याएको छ। स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाहरूका लागि दिँदै आएको सुत्केरी भत्ताका लागि २ अर्ब २२ करोड छुट्याएको छ।
यस्तै, स्वास्थ्य स्वंसेविकालाई वार्षिक ३ हजार दिन १५ करोड , बाल तथा स्वास्थ्य पोषणको लागि ६ अर्ब, स्वास्थ्य स्वम्सेविकालाई दिइँदै आएको भत्ताको लागि वार्षिक ३ हजार दिन १५ करोड, प्रदेशसँग स्वास्थ्य साझेदारीमा कार्यक्रमको लागि १ अर्ब,सरकारले नेपालगञ्जको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल , जिपि कोइराला अस्पताललाई समेत बजेट छुट्याएको छ।
वीर अस्पतालको दुवकोटको भवन बनाउन आधुनिक भवन बनाउन ४० करोड , मानव अंग प्रत्यारोपण केन्द्रलाई समेत अनुदान छुट्याएको छ। यस्तै सरकारले तीन वर्षभित्र सबै प्रदेशमा अत्याधुनिक निदान केन्द्र बनाउने, प्राथमिक अस्प्तालमा टेलिमेडिसिन विधिबाट २४ घण्टा उपचार सेवा दिनको लागि स्वास्थ्य तथा जनसंख्या क्षेत्रमा ६८ अर्ब ७५ करोड बजेट टुट्याएको छ। अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि बजेट पेस गरेका छन्। बुधबार संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६र ७७ को सरकारको बजेट पेस गर्दै छन्।





















प्रतिक्रिया