Logo

प्रमुख समाचार

भैंसेपाटीस्थित डिकाली इन्ड्रस्टियल मार्केटिङको केमिकल गोदाममा आगलागी



ललितपुरको भैंसेपाटीस्थित डिकाली इन्ड्रस्टियल मार्केटिङको केमिकल गोदाममा आगलागी भएको छ । ललितपुर महानगरपालिका १८ भैंसेपाटीस्थित केमिकल गोदाममा आगलागी भएको हो । प्रहरीका अनुसार आगलागीमा मानवीय क्षति नभएको जनाइएको छ ।

आगो निभाउन ललितपुर, भक्तपुर र काठमाडौ तीनै जिल्लाको दमकल प्रयोग भएको छ । आगलागीको क्षतिको पूरा विवरण आउन भने बाँकी रहेको महानगरीय प्रहरी परिसर जावलाखेलले जनाएको छ । गोदाममा कपडा उद्योगमा प्रयोग गरिने सोडियम हाइड्रोसल्फाइ नामक केमिकलको लिक्विड र पाउडर रहेको जनाइएको छ ।

आज बिहान साढे ४ बजे किरण प्रसाद श्रेष्ठको केमिकल गोदाममा आगलागी भएको प्र्रहरीले जनाएको छ । केमिकल जलेको हुदाँ पानीले भन्दा केमिकलले नै निभाउनु पर्ने भएकाले आगो नियन्त्रणमा लिन ढिलाइ भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहीबार ०३:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।