Logo

पत्रपत्रिका

अनुचित काम गर्ने न्यायाधीश बर्खास्त



न्यायपरिषद्को बैठकले काजमा रहेका दुई जिल्ला न्यायाधीशलाई कारबाही गरेको छ । परिषद्का अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा मंगलबार बसेको बैठकले ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमंगल आत्रेयलाई पदबाट हटाएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । 

त्यसैगरी तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायमाथि नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा मुद्दा चलाउने निर्णय गरिएको छ । न्याय सम्पादनमा त्रुटि भेटिएको भन्दै तीन महिनादेखि काजमा तानिएका दुवै न्यायाधीशलाई अनुसन्धानपछि कारबाही गर्ने निर्णय गरिएको हो ।

प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहीबार ०४:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।