Logo

कर्णाली प्रदेश

विद्यालय भवन भत्किदा, दुई जना घाइते



मुगु छायाँनाथ रारा नगरपालिका वडा नम्बर दुई गमगढी बजारमा रहेको थापा मेमोरियल बोर्डिङ स्कुलको भवन भत्किदा दुई जना घाईते भएका छन्।

सदरमुकाम गमगढीस्थित स्कुलको छ कोठे भवनको दुई कोठा करिब दुई बजे एक्कासी भत्किँदा विद्यालयका शिक्षक किस्मत आचार्य र युकेजीमा अध्ययनरत विद्यार्थी सुजन शाही घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते दुवै जनाको अवस्था समान्य रहेको बताइए पनि भत्किएको विद्यालयको कार्यालय कक्ष र तलको कक्षा कोठा पुर्ण रुपले भत्किएकाले मानविय केहि नभएपनि भौतिक क्षेतिको विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ।

भत्किएको स्थान पन्छाउन नेपाली सेना, सशस्त्र प्रहरी वल, नेपाल प्रहरी खटिएको छ भने सर्व साधारण तथा अभिभावक आफना बालबालिका परेकी भन्ने त्रासमा यता उति भौंतारि रहेका थिए। भवनको काठ कुहिएर भार थाम्न नसकेका कारण भत्किएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार ११:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।