Logo

कर्णाली प्रदेश

सडक दुर्घटनामा वडा सचिवसहित दुई जनाको मृत्यु



सुर्खेतमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा वडा सचिवसहित दुई जनाको मृत्यु भएको छ । वीरेन्द्रनगरको एरीचोकमा अटोले ठक्कर दिँदा विरेन्द्रनगर नगरपालिका वडा नं २ का सचिव नारायणदेव गिरीको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मूलपानीबाट एरीचोकतर्फ गइरहेको भे १ ह ३८७४ नंको अटोले भे ७ प १८३४ नंको गिरीको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करले उनी गम्भीर घाइते भएका थिए । प्रदेश अस्पताल कालागाउँ पु¥याएलगत्तै वडा सचिव गिरीको बिहीबार राती मृत्यु भएको थियो ।

प्रहरीले अटो चालक दीपकबहादुर साउदलाई नियन्त्रणमा लिइसकेको छ । त्यसैगरी बाङ्गेसिमल–बड्डीचौर सडकखण्डको गिरिघाटमा भे१त ५२८८ नम्बरको ट्याक्टर आज अनियन्त्रित भई सडक किनारामा पल्टिँदा सहचालक रामबहादुर नेपालीको मृत्यु भएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७६, शुक्रबार १०:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।