Logo

राजनीति

नेकपाबाट निर्वाचित वडा अध्यक्षले दिए मन्त्रीलाई धम्की



धनगढी उप–महानगरपालिकाका एक जना वडा अध्यक्षले प्रदेशका मन्त्री र मन्त्रालयमा कार्यरत स्वकिय सचिवालयका कर्मचारीलाई धम्की दिएका छन् ।

उप–महानगरपालिकाको वडा नम्वर ३ का अध्यक्ष बलवहादुर ऐरले सामाजिक सञ्जाल फेसवुक मार्फत नै मन्त्री र मन्त्रालयका स्वकिय सचिवालयका कर्मचारीलाई धम्की दिएका हुन् । उनले प्रदेशका मन्त्री र स्वकिय सचिवालयका कर्मचारीमाथि केहि दिनमा कुटपिट हुने भन्दै धम्की दिएका हुन् ।

प्रदेश ७ मा सरकार नेकपाको छ भने वडा अध्यक्ष ऐर पनि नेकपाकै स्थानीय नेता हुन् । वडा अध्यक्ष ऐरले उक्त स्ट्याटस अहिले भने हटाएका छन् । आगामी आर्थिक बर्षको बजेटमा आफ्नो वडालाई उपेक्षा गरिएकाले आक्रोसमा उक्त स्ट्याटस लेखेको उनले बताए ।

यसअघि राजधानी गोदावरीको जंगलमा तोकिएपछि धनगढी उप–महानगरपालिकाका मेयर नृपवहादुर वडले पनि प्रदेशका सासंदहरुलाई धनगढी छोड्न धम्की दिएका थिए। त्यस्का विरुद्ध प्रदेशका सासंदले मेयर वड विरुद्ध उजुरी हालेका छन् ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार ०६:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।