Logo

बागमती प्रदेश

लागुऔषध कारोबार गर्ने दम्पती पक्राउ



लागुऔषध नियन्त्रण व्यूरोको टोलीले ललितपुरमा टेलरिङ पसल थाप्दै लागुऔषधको कारोबार गर्ने दम्पतीलाई गरेको छ । पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाँउपालिका–७ का २५ वर्षीय सुरेन नगरकोटी र उनकी श्रीमती २१ वर्षीय अजिता गुरुङ छन् ।

उनीहरुको साथबाट नियन्त्रित मनोद्विपक लागुऔषध डाईजेपाम १७८३ एम्पुल, बुप्रोनोर्फिन २१२१ एम्पुल र फेनारगन १२०१ एम्पुल गरी जम्मा ५१०५ एम्पुल र १ लाख ५० हजार नगद बरामद भएको छ । टेलरिङ पसलबाट बिभिन्न ब्रान्डका मोबाइल सेट ३६ थान, आईप्याड ३ थान समेत बरामद भएको छ ।

प्रारम्भिक अनुसन्धानबाट सुरेन नगरकोटी विगत लामो समयदेखि लागुऔषध एम्पुलको कारोबार गर्दै आइरहेको र बरामद भएका मोबाईल सेट, आईप्याड र पावर बैंक विभिन्न सेवनकर्ताहरुलाई उधारोमा लागुऔषध एम्पुल दिई धरौटी स्वरुप राख्ने गरेको खुलेको व्युरोले जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०७६, आईतवार ११:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।