काठमाडौंको मुलपानीमा अर्काको घरको पर्खाल भत्किँदा एकै परिवारका तीनजनाको ज्यान गएको छ । महानगरीय प्रहरी वृत वौद्धका डीएसपी नरेन्द्र चन्दका अनुसार मुलपानी बाबाचोकमा टहरामा बस्दै आएका एकै परिवारका तीनजनाको ज्यान गएको हो ।
चन्दका अनुसार बलराम खत्रीको पक्की घरको पर्खाल भत्किएर टहरामा खस्दा २० वर्षीया निलु यादव, ३५ वर्षीया सर्मिला यादव र कुन्दन यादवको ज्यान गएको हो । उनीहरु सबै एकै परिवारका भएको र मजदुरी गर्दै गुजारा गर्दै आएका थिए ।
















प्रतिक्रिया