आइएमई. ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले “मेगामन्सुन फ्रि चेकअपक्याम्प अफर” देशभर आफ्ना १३ आउटलेट्सहरुमा लागु हुने गरी ग्राहक महानुभावहरु माझ ल्याएको छ । यस योजना अन्तर्गत ग्राहक महानुभावहरुलाई केन्द्रित गर्दै फ्रि चेकअपक्याम्प सेवा प्रदान गर्नुका साथै स्पेयर पाट्र्समा ५ प्रतिशत, ल्युबमा १० प्रतिशत, लेबर शुल्क, ३० प्रतिशत साथै ३० प्रतिशत च्यासिस ग्रीजिंगमा छुट उपलब्ध गर्ने कम्पनीले बताएको छ ।
फ्रि चेक अपक्याम्प दौरान ग्राहक वर्गहरुले आकर्षक उपहारका साथै सुरक्षित ड्राईभिङ सम्बन्धि जानकारी लिन सक्नेछन् । यी अफरहरु साथै निःशुल्क वासिङ्ग, ४५ चेक पोइट्स तथा बम्पर देखि बम्पर चेकअप सहित अन्य फाइदाहरु हुनेछन् । यस योजना अशोकले लैण्डका बस, ट्रक, ट्रिपर तथा साना कर्मसियल भेइकलस्का कुनै पनि मोडलका गाडीहरुमा लागु हुने छ ।
यो योजना नेपाल अधिराज्य भरी असार ३० गते देखि श्रावण ०५ सम्म मात्र लागु हुनेछ र साथै सर्भिसिङ्गमा छुट कुपनहरु भाद« ०५ सम्मलागु हुनेछ । आइएमईमोटर्सले ग्राहक वर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र साथ साथै यस योजना मार्फत पनि ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।
३ वर्षको अन्तरालमा यस आइएमई मोटर्सप्रा.लिले देशभर १४ वटा यगतभितक खोलेर ग्राहक महानुभावहरुमा सेवा प्रदान गर्न सफल मात्र नभई उक्त गाडीहरुका लागि चाहिने सर्भिस र स्पेयर पार्टस् सप्लाइ पनि पर्याप्त मात्रा मागर्दै आएको छ ।
पुनश्चः–थप जानकारीका लागि कृपया क्लिक गर्नुहोस् http://imegroup.com.np/?p=2724
















प्रतिक्रिया