Logo

अर्थ

नआत्तिनुस् बुधबारसम्ममा देशभर विद्युत् सुचारु गराउछौँ: मन्त्री पुन



सरकारले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध देशभरको विद्युत् सेवा बुधबारसम्ममा सुचारु गराउने प्रतिवद्धता जनाएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बाढी, पहिरो र डुबानका कारण अवरुद्ध विद्युत् सेवा भोलिसम्मान सुचारु गराउने गरी काम अघि बढाइएको जानकारी दिए ।

उनले कुलेखानी जलविद्युत् आयोजनाको पानीको सतह नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाइएको पनि जानकारी दिए । बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न भागमा विद्युत आपूर्ति नै बन्द हुन पुगेको छ । मन्त्री पुनले ती सबै समस्या बुधबारसम्ममा समाधान हुने गरी काम भइरहेको बताए ।

मन्त्री पुनले बाढी र डुबान हुन नदिन सरकारले नदी नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाइएको बताए । नदी नियन्त्रण आपतकालिन कार्यका लागि नदी नियन्त्रणका क्षेत्रका काम गर्ने १५ वटा आयोजनाहरुलाई तयारी अवस्था राखिएको मन्त्री पुनको भनाइ छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलवार १३:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।