Logo

मधेश प्रदेश

सर्पले डसेर १० वर्षीय बालकको मृत्यु



सप्तरीमा शनिबार राति विषालु सर्पले डसेर एक बालकको मत्यु भएको छ। वोदेवरसाइन नगरपालिका–२, जोगिया निवासी रामसेवक यादवका १० वर्षीय छोरा वैद्यनाथ कुमारको मृत्यु भएको हो। उपचारमा लानुपूर्व नै बालकको मृत्यु भएको स्थानीयवासी लोकेन्द्र यादवले जानकारी दिए।

घरमै सुतिरहेको अवस्थामा बालकलाई सर्पले डसेको उनले बताए। बालकको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको छ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार १०:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।