Logo

मधेश प्रदेश

बीपी स्मृति दिवसको अवसरमा नेविसंघको स्वास्थ्य शिविर



नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले रौतहटका बाढी प्रभावितहरुका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । जननायक बीपी कोइरालाको ३७ औं स्मृति दिवसका अवसरमा नेविसंघले सोमबार रौटहटको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरमा बाढी प्रभावितहरुका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

नेविसंघका नेताहरु मनोजमणि आचार्य, प्रतिमा गौतम र दीपक भट्टराईको टोली स्वास्थ्य सामग्री तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको टोली शिविर सञ्चालनका लागि रौतहट पुगेको थियो । नेविसंघले स्थानीय विद्यार्थी नेता–कार्यकर्ता तथा प्रजातान्त्रिक विचार केन्द्र रौतहटको संयोजनमा स्वास्थ्य शिविर सञ्चालन गरेको नेविसंघका निवर्तमान केन्द्रीय सदस्य भोला नेपालले जानकारी दिए ।

शिविरमा त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रज्वल घिमिरे, सागर पन्त, सागर अधिकारी, गोपाल खनाल, नारायण कँडेल, भुषण श्रेष्ठले स्वास्थ्य परीक्षण गरेका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार ११:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।