Logo

मधेश प्रदेश

छिमेकीको घरले च्यापिएर एक बृद्धाको मृत्यु, तीन घाइते



सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर –२ स्थित धङढा टोलमा वर्षाका कारण घर भत्किँदा एक बृद्धाको मृत्यु भएको छ । उक्त घटनामा तीन जना घाइते भएका छन् ।

स्थानीय आजम राइनको घर भत्किदा छिमेकी नथुनी मियाँकी श्रीमती ५५ बर्षीया सफिना खातुनको मृत्यू भएको छ । घर भत्किँदा च्यापिएर खातुन घाइते भएकी थिइन् भने उपचारको क्रममा धनगढी अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही घटनामा घरधनी राइन दम्पती र उनका छिमेकी युवकसहित तीन जना घाइते भएका छन् । घाइते तीनै जनाको उपचार धनगढीस्थित श्रमजीवी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी भेषराज रिजालले जानकारी दिए ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलवार १३:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।