Logo

प्रमुख समाचार

दोलखामा पहिरो, २ जना बेपत्ता



दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगुमा शुक्रबार राती पहिरोले १० घर पुरिएका छन् । पहिरोले पुरिएर दुई जना वेपत्ता भएका छन् ।

दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले ५५ वर्षीय जगतबहादुर खत्री र १८ वर्षीय निसान खड्का बेपत्ता भएको जानकारी दिए ।

उनले केही स्थानीयले भागेर ज्यान जोगाएको पनि बताए । पहिरोका कारण २२ घरका बासिन्दा विस्थापित भएका छन् । अहिले त्यस क्षेत्रमा  उद्धारको काम भइरहेको रिजालले जानकारी दिए ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार ०४:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।