Logo

प्रमुख समाचार

पूर्व र पश्चिम क्षेत्रमा भारी बर्षा हुँदै, सतर्कता अपनाउन आग्रह



आज मध्यान्हपछि देशको पूर्वी र पश्चिमी भागमा ठूलो बर्षा हुने अनुमान गर्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी चुरे हुँदै बग्ने नदीहरुमा पानीको बहाव आकस्मिक बढ्न सक्ने र त्यसले जोखिम निम्त्याउने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो ।

महाशाखाले आज प्रदेश २, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिमको चुरे र तराईबाट बहने केही साना नदीमा बहाव तुलनात्मक रूपमा बढ्ने तथा केही आकस्मिक बहावको सम्भावना रहेको जनाएको छ।

ईलाम, झापा, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, रसुवा, नुवाकोट, गोरखा, धादिङ, चितवन, बागलुङ, कपिलवस्तु, दाङ, रोल्पा, रूकुम, जाजरकोट, सल्यान, बाँके, बर्दिया, कैलाली, कन्चनपुर, डोटी, डडेलधुरा, बैतडीलगायत आसपास जिल्ला भई बहने नदीहरूमा बहाव उल्लेख्य बढ्ने तथा केही साना नदीमा आकस्मिक बहावको सम्भावना रहेको छ ।

अहिले मुलुकभर आंशिक बदली रहेको र तराईका केही स्थानमा वर्षा भइरहेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार १५:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।