प्रत्येक वर्ष भाद्रशुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने तीज पर्व धार्मिक, सांस्कृतिक एवं सामाजिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । हिन्दू नारीहरूले शिव पार्वतीको कथाबाट प्रभावित भएर मनाउन थालेको तीजले आधुनिकतामा प्रवेश गर्दा अन्य समुदायमा समेत प्रभाव पर्न थालेको देखिन्छ ।
त्यतिमात्रै होईन महिना दिन अगाडिदेखि नै तीज गीतहरु गाडीमा, मोवाइलमा, टिकटकमा, र सामाजिक सञ्जालहरुमा बज्न शुरु हुन्छन् । तीज त दुई/तीन महिनादेखि बज्दै र बजाउँदै आउने प्रचलन भइसकेको छ । तीज गीत नेपालीहरुको मौलिक पर्व हो । नेपालीहरुले यसलाई विशेषगरी महिलाहरुको चाडको रुपमा पनि लिने गर्दछन् ।
पहिले पहिले तीजमा महिलाहरुको ब्याथा, भोगाइ, र उनीहरुको पीडा झल्किने खालका गीतहरु गाउने गरिन्थ्यो । महिलाहरुले उनीहरुको ब्याथा र चिन्तनलाई शब्दमा र लयमा पोखिने भावनाको माध्यम तीज गीत थियो । कुनै ठाउँमा घटेको घटनालाई आधार बनाएर सुन्दर कलाको साथमा मादल र डम्फुको साहराले मनोरञ्जन लिने गर्दथे । माइतीको माया, साथीहरुको माया, माइती देशको माटो, बालापन र युवा हुदाँको याद, सासु बुहारीको सम्बन्ध यावत विषयहरुलाई गीतमार्फत पस्किने गरिन्थ्यो ।
पुराना तीज गीतहरु निकै हुन्थे । माइतीको यादमा सालभर कटाएको पीडाहरु हुन्थे । जस्तै ”बाबाको आँगनीमा सिवली पर्यो, कदमको छायाँले ! सातै र गंगामै तरी आए बा-आमाको मायाले ।” यो गीतले वर्षभरि माइत आउन नपाएका चेलीहरु भदौरे झरीमा नदी नालाहरुको प्रवाह नगरी बाबा आमा भेट्न आतुर हुन्छन् भन्ने बताउँछ । त्यतिबेला पुलहरु थिएनन् । सूचनाको कुनै माध्यमहरु थिएनन् । त्यसैले माइत आउने साधनहरु थिएन ।
बाटो पुलहरु पक्की थिएन भन्ने विषयलाई शुष्म तरिकाले ब्याख्या गरेको छन् । त्यति बेलाको काल परिस्थिति यस गीतमा दर्शाइएको छ । बाबाको आगनमा पानी परेर अर्थात बुवा-आमा बुढा भएर सफा गर्न नसकेको हुनाले आगनीमा लेउ जमेको विषयलाई उठान गरेको छ ।
शायद नदि तर्न मन हुन्थेन होला त्यति बढेको नदी पार गर्न, आमा बुवाको माया नभएको भए । शब्दहरु कति मार्मिक हुन्छन् । ती बेला लेख्ने साधन थिएनन र पनि मनमनै रचेका यी गीतहरु लोकमा फैलिन्थ्यो । तीज गीतमा भावविह्वल भएर रुने हाँस्ने गर्दैं गाउथे । माइत जान लाग्दा बुहारीले बिदा लिने र माइतबाट कहिले आउने जस्ता विषयलाई पनि शब्दमा उतारे गीत गाउने गर्दथे । ‘माइत जाने बेला भयो कुन साडी लाउने हो, विदा दिनु सासुले, कहिले आउने हो’ गीतलाई सम्झे मात्र पनि तीज के हाे भन्ने अर्थ प्रस्ट हुन्छ ।
सामाजिक परिस्थिति अनुसारको सस्कारलाई यहाँ देखाएको छ । सासुलाई सम्मान गरेर नयाँ साडी नकिनिएको तर सासुको संग्रहमा मात्र साडी भएको विषयलाई त्यतिबेला गीत बनाइएको छ । अहिले सिंगापुरे साडी, हङकङको साडी जापनिज, चाइनिज नेपाली इण्डियन साडीहरु र खुल्ला बजारले पु¥याएको सेवालाई निकै रमालो तरिकाले व्याख्या गरिएको छ ।
तर त्यतिबेला तीजमा पुरानो साडी कुन लगाउने भन्ने बारेमा यस गीतले संकेत गरेको छ । त्यसो त नेपाली बजारमा खुल्ला बजार भयो । रेमिट्यान्सले नेपालीहरुको आर्थिक स्थितिमा केही सुधार भएको छ । विकासको आधारहरु पनि विकसित हुँदै गएको छ । तर पुरानो तीज गीतहरुले निकै गहकिला भावहरु बोकेको हुन्छ । ”कहा मै जान्छौ रानी चरी बगालै, बरिलै भगवानलाई भेटन, भगवानलाई भेटन, भेटन के–के पाहुर चाहिन्छ, बरिलै फुलपाति अछेता ।”
एउटा अबाेध प्रश्नको गीत हो यो । यस्ले रानी चरीको समुह, चराहरुको समूहहरु थिए । हराभरा थिए । ति चराहरु लेकतिर लाग्थे गर्मीमा । त्यही चहहरुको बिम्व बनाएर रचिएको टुक्का कति राम्रा छन् । भगवान भेट्न जाने चरीहरु रंगी चंगी हुने गर्दथे र राता रंगका, हरिया रंगका,सेता रंगका सबै प्रकारको रंग मिसिएका चराहरुलाई रानी चरी भनिन्छ । ती चराहरुको संगै एक अबाेध प्रश्न छ । भगवान भेटन जाने कोही नभएर श्रृंगार गरेर माइत हिडेको चेलीलाई संकेत गरिएको हो ।
साच्चिकै भगवान आमाबालाई भेट्न हिँडेको र भगवान भेट्न फूलपाती अछेता भए अरु केही नचाहिने कुरालाई गीत बनाइएको छ । गीतहरुले त्यतिबेलाको कथा बोकेको हुन्थे । त्यतिबेलाको परिस्थिति अनुसार नै गीतहरु रचिएका हुन्थे । तीज गीतमा माइतीको आँगनमा बसेर लयबद्ध घरको दुख बताउने, हेला भएको, स्वामी राम्रो भएको सासु राम्रो भएको, नराम्रो भएको, भरमा खान नपुगेको यावत कुरारु हुन्थे ।
तिजमा मौलिक भाषा हुन्थे । मिठास हुन्थे । महिलाहरु गाउथे, थपडी बजाउँथे । पुरुषहरु दिदी बहिनी नाचेको हेर्थे मादलमा सहयोग गर्थे । थपडी बजाउथे र दिदी बहिनीहरुसंग बसेर दर खान्थे । दिदी बहिनीहरुको दु:ख सुख बुझेर दिदी बहिनीलाई माइती छौ नि भनेर भरोसा दिलाउँथे । दिदी बहिनीहरुको दु:खमा सहानुभूति देखाउथे । पहिला तीजको बिशेषता यस्तो थियो ।
तर अहिलेको तिज गीहरुको कुरा गरेर साध्य छैन् । हो तीज महिलाहरुको गीत हो । तर सबैभन्दा बढी गीत पुरुषहरुले गाउँछन । तीज गीत पनि कस्तो कस्तो ? परिवारसँग बसेर त सुन्न नि गाह्रो लाग्ने खालको गीतहरु अाइरहेका छन् बजारमा । पहिला अडियो हुँदैन्थ्यो र पनि गीतहरु लोक हितमा हुन्थे तर आजभाेलि श्रृव्य र दृश्यमा हेर्न नमिल्ने खालको तीज गीत हुन्छ । ”दिदी बहिनी मात्र नाच्छन, जहिले पनि तिजमा, हामी पनि नाँच्नुपर्छ बिचबिचमा रे ।
पुरुषले ननाचेको हो र तीजमा । नगाएको हो र ? तर पनि आफैमा विवादित जस्तो लाग्छ । महिलाले पुरुषको विरोधमा र पुरुषले महिलाको विरोधमै गाउन पर्छ र ? पक्का पनि होइन । आफैमा नराम्रो त होइन यो गीत तर पनि सामाजिक संजालमा जतातै यो गीतको चर्चा भइरहेको छ । यस्ले तिज गीत लोक हित पक्का बोकेको छैन । यो त भयो राम्रै गीत तर यस्को आलोचना भने निकै छ । यसका कुनै अश्लिल पक्ष त छैन तर केही गीतहरु भने निकै विकृति बोकेको छन् ।
केही गीतहरु त गाडीमा बजाउँदा पनि लाज लाग्ने खालको हुन्छ । अस्ति भर्खर गाडीमा यात्रा गर्दै थिए । भारतमा बसेर भर्खर नेपालमा आएकी साथीले ज्योती मगरको तीज गीत सुनेर हाँस्दै भनिन् नेपालमा यस्तो छाडा गीत निकाल्दा कारवाही हुँदैनन् भन्दै गीत बजाउन लगाइन । हो त जस्तो गीत पनि हिट हुने । राम्रा गीतहरु बन्द हुने । अनावश्यक गीतहरु रातारात बजारमा भाइरल हुने ।
संगीतको विकास निकै भएको छ । तर मैले रक्सी खान्छु, म पोइला जान्छु, गाडीमा झरेर झाडीमा पिसाब फेर्ने जस्तो गीतले त समाजमा राम्रो सन्देश त पक्कै जाँदैन । उनले भनिन् नेपालमा कुनै गीतहरुको दर्ता हुदैन र ? गीतको त ब्लक नम्बर दर्ता आदि जस्ता विषय जस्तो कार्यमा कानुन फितलो रहेको बताइन् । साँच्चिकै गीतहरु पनि स्तरीय बनाउन कुनै समिति छैन र ? उनको प्रश्न जायज थियो । सार्वजनिक ठाउमा त्यस्तो गीतहरु बज्नुले पनि नेपालमा जे गरे पनि छुट हुदो रहेछ भन्ने मानशिक्ता बिकास भएको हुुन्छ । तिज गीतमा मौलिकता हुन्छ तर यस्लाई रत्यौली जस्तो बनाउन हुँदैन ।
ज्योती मगरले गाएको गीत ‘पिसाब लाग्यो मलाई एकछिन गाडी रोक, झाडी आउने बित्तिकै झ्याप्पै गाडी रोक’ बजारमा ल्यायाे । गीतले गाडीमा सवार यात्रीहरुले जहाँ पाए नि पिसाब फेर्ने गर्छन् भन्ने सन्देश त बोकेको छ । तर खुल्ला दिशा दिसामुक्त गाउँ सहरकाे मान्यतालाई बाेक्दैन । यस्ता थुप्रै तीज गीतमा भेटिन्छन् । यस किसिमका शब्द गीत नल्याउन र नगाउन प्राेत्साहित गर्नुपर्छ ।
यस वर्षकाे तीज निकट आउँदैछ । सामाजिक सञ्जालमा एफएममा तीज गीत बज्दै गर्दा साली र भेनाको दोहोरी जस्तो, धनि गरीवको विभेद जस्तो गीतहरु बजाउछन् । तिज गीतको मौलिकता हटेर लोक गीत, चुट्का जस्तो भजन जस्तो गीत हरु तीजको लागि बनेको छ । तीज गीतले दिन खोजेको के सन्देश हो थाहा नथएकाहरु लगानी गर्छन् र जस्तो पनि तीज गीत बनिहाल्ने । तीज गीतमा लोक भाका हुन्थ्यो । यस बोकेको धार्मिक महत्वलाई विर्से्र्षे यसले छाडापनलाई अंगालो त हालेन ? प्रश्न यहाँनेर छ । हामीले संस्कृतिहरु बिगार्न सहयोग गरेको त छैनौ ? तीज गीतसँगै महंगो ब्रान्डेट रक्सीको विज्ञापन त गरिरहेको छैनौ ? या देशमै बनेको ढाका चोली र घरेलु साडी नेपालमै बनेको कपडा कम्पनीहरु छोडेर विदेशको सामानको विज्ञापन गरिरहेको त छैनौं ।
तीज त नेपाली चाड हो । सिंगापुरे गहना साडी, जापनिज घडीहरुको त विज्ञापन गरिरहेको छैनाैं । हुनेले त ठीकै छ, तर नहुनेहरुले ती सामान नपनएकै खण्डमा ऋृण गरेर सहकारीमा ऋृण लिएर किन्ने किस्ताको मारमा परेर आत्म हत्या सम्म गर्न पुगेको उदाहरण छन । तिजमा सुन लगाउनै पर्छ । तिजमा नया साडी लगाउनै पर्छ, रानी हार भाहियो भएन भने माइत जान्न । लाखौ ऋृण गरेर तीज मनाउनु राम्रो त होइन पक्का पनि । तीजमा सस्कार संस्कृति अनुसार सक्दो खर्च गर्ने हो । महंगो गहनाहरु लाउनै पर्छ ।
दरमा रक्सी खाने । तीजमा माइत नजाने भोज गर्ने, गहना प्रर्दसन गर्ने, गरहना तैँलेभन्दा के कम भनेर हिड्ने गर्न गर्नु तीजको सस्कार होइन ।
तीज गीतले त राम्रो सन्देश दिनु पर्छ । यस्ले सामाजको हित हुने खालको गीतहरुलाई प्रोतसाहन गर्नुपर्छ । तीजमा गहना लगाएर हिडुदा लुटेराहरुको मारमा परिन सकिन्छ । महंगो ब्राण्डको रक्सी खाएर र महंगो साडी लगाएर देखावटि हुनु राम्रो होइन ।
त्यसैले जसले जति सक्छ त्यतिमै तीज मनाउनुपर्छ । कसैलाई देखाएर, औकात, खुशी बढ्ने होइन । जति छ त्यतिमै सन्तुष्ट हुनु नै मान्छेको खुशी हो । त्यसैले चाडपर्वको महत्व गरगहना र तडकभडक होईन । परिवार अाफन्त इष्ट मित्रहरुसँगको मिठो भेटघाट हो । महिनौसम्म दर खाने, प्रत्येक दिन साडी गरगहना फर्ने तरिका भनेकाे विकृति नै हो । तीजलाई सभ्य र भव्य बनाअाैं । संस्कार र संकृति जोगाअाै ।
















प्रतिक्रिया