Logo

मधेश प्रदेश

जवरजस्ती करणी मुद्दामा ४ विद्यार्थी सहित ५ जना पक्राउ



जवरजस्ती करणी मुद्दामा धनुषा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । मुख्य अभियुक्त फरार भएपछि उनको मोवाइल कल डिटेलका आधारमा पाँच जनालाई गरेको हो । पक्राउ पर्नेमा सिरहा औरहीका प्रमेश यादव, ठैंगहीका सुर्यनारायण यादव, बसपिट्टाका राजकुमार यादव र अर्नमाका रामप्रकाश यादव छन् । एक जना फरार अभियुक्त सिरहा अर्नमाका राममणी यादवका भिनाजु रहेपनि उनको नाम र ठेगाना प्रहरीले खुलाएका छैन्।

पक्राउ परेका प्रमेश, सुर्यनारायण र राजकुमार जनकपुरमा ओभरसियर पढ्दै छन् । जनकपुस्थित सेन्ट्रोल कलेजमा अध्ययनरत उनीहरु परीक्षाबाट समेत बञ्चित भएको एक अभिभावकले जानकारी दिए । उनका अनुसार प्रहरीले हिरासतमा परीक्षा दिन मिल्दैन भनेर बञ्चित गराएका छन् । जनकपुरकी एक १३ वर्षीया बालिकालाई बला*त्कार गरेको अभियोगमा गत बिहीबार ओभरसियर पढिरहेका २० वर्षीय राममणी यादव पक्राउ परेका थिए ।

उनलाई प्रहरीले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषा परिसरमै रहेको मुद्दा फाँटमा अनुसन्धानका लागि लगेका बेला फरार भए । अहिलेसम्म उनी फेला परेका छैन् । यादव फरार भएपछि आफू फस्न लागेको भन्दै फोनमा कुरा भएकै आधारमा विद्यार्थीहरुलाई हिरासतमा लिएर पावरको दुरुपयोग गरेको एक अभिभावकले बताए । अनुसन्धानको नाममा विद्यार्थीहरुलाई दुःख दिएको गुनासो समेत पोखे ।

यता, धनुषाका एसपी शेखर खनालले पक्राउ परेका पाँचै जनाले फरार भएका यादवलाई आश्रय दिएको दाबी गरेका छन् । उनले उनीहरुमाथि शान्ति कसुर मुद्दामा कारबाही प्रक्रिया अगाडी बढाएको समेत बताए ।

हिरासतमा परीक्षाबाट बञ्चित हुनु सामान्य कुरा भएको उनको भनाइ छ । उनका अनुसार यादब फरार भएकोमा दोषी देखिएको प्रहरी सहायक निरीक्षक रामकुमार भण्डारीलाई निलम्बन गरिएको छ। अन्य दर्जनौं प्रहरीमाथि समेत अनुसन्धान भइरहेको छ। घटनाको छानविन गर्न डिएसपी रामेश्वर कार्कीको संयोजकत्वमा ५ सदस्य छानविन समिति गठन गरिएको छ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार ०३:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।