माछापुच्छ्रे बैंक लि.ले डिबेञ्चर बाँडफाँडको काम पूरा भएको जनाएको छ । गत साउन ६ गतेबाट बाँडफाँडको काम शुरु गरेको बैंकले शुक्रबार सम्पन्न भएको जानकारी शुक्रबारै एक प्रेस विज्ञप्ति जारी गरेर जनायो ।
विज्ञप्तिमा जनाइएअनुसार ३ अर्ब रुपैयाँ बराबरको डिबेञ्चर बाँडफाँड गरिएको हो । ‘माछापुच्छ्रे डिबेन्चर २०८५’ नाम दिइएको थियो । बाँडफाँड कार्य सम्पन्नपछि ऋणपत्रका निवेदक लगानीकर्ताहरुलाई धन्यवाद समेत दिएको छ । ३० लाख कित्ता ऋणपत्रहरुमा समानुपातिक रुपमा बाँडफाँड गरिएकाे बैंकले शुक्रबार जनाएकाे छ ।
बैंकको ऋणपत्रको बिक्री प्रबन्धक एन.एम.बी क्यापिटल रहेको र निकट भविष्यमा उक्त ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण गरिने जानकारी पनि बैंकले दिएको छ । बैंकले देशभर गरी १ सय ३६ वटा शाखा संचालन गरिरहेको भने १२१ शाखारहित बैकिङ्ग सेवा दिइरहेको छ ।
७ लाख भन्दा बढी ग्राहक रहेको यस बैंककोे देशभर १ सय ५८ वटा एटीएमहरु संचालनमा छन् । ऋणपत्रले नेपालको पूँजी बजारलाई विकासित गर्न सकरात्मक भूमिका निर्वाह गर्ने विश्वास समेत बैंकले लिएको छ ।
















प्रतिक्रिया