माछापुच्छ्रे बैंकले श्वेता श्री फाउण्डेशनद्धारा सिन्धुपाल्चोकमा निर्माणाधीन एकीकृत नमूना माझी बस्तीलाई आर्थिक सहयोग गरेको छ ।
बैंककोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुमन शर्मा तथा नायव प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कोइरालाले श्वेता श्री फाउण्डेशनकी अध्यक्ष नायिका श्वेता खड्कालाई रु.७ लाख रुपैयाँको चेक आइतबार हस्तान्तरण गरेका हुन् ।
श्वेता श्री फाउण्डेशनले भुकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाको चौतारा, सागाँचोकमा माझी बस्तीको लागि ५३ वटा भूकम्प प्रतिरोधात्मक घर निर्माण गरिरहेको छ । फाउण्डेशनलाई आवश्यक पूर्वाधार निर्माणमा सहज होस् भन्ने उद्देश्यले माछापुच्छ्रे बैंकले सो रकम सहयोग गरेको आइतबार बैंकले एक प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको हो ।

आवास निर्माणको कार्य सकिएता पनि आर्थिक अभावका कारण सडक, बालबगैँचा, स्वास्थ्य चौकी, रिटेनिङ्ग वाल लगायत अन्य आवश्यक पुर्वाधारहरु निर्माणको काम अगाडि बढ्न कठिनाई देखिएको पाइएपछि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको विज्ञप्तिमा जनाइएको छ ।
माछापुच्छ«्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तदायित्व अन्र्तगत सुरक्षा निकायका विभिन्न अंगहरुलाई भौतिक सहयोग तथा दैवी प्रकोपबाट प्रभावितहरुको उद्धार तथा पुर्नस्थापनामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । देशका विभिन्न स्थानहरु पुगेर वृक्षारोपण, वित्तीय साक्षरता लगायतका कार्यक्रमहरुको आयोजना समेत गर्दै आएको छ ।
















प्रतिक्रिया