कामना सेवा विकास बैंक लिमिटेड र इष्टर्न एजेन्सीज प्रा. लि. बीचमा व्यापार सम्झौता भएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र इष्टर्न एजेन्सीको तर्फबाट प्रबन्धक निर्देशक डिम प्रसाद पौडेलले हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार इष्टर्न एजेन्सीमार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा EICHER का विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्ने बैंकद्वारा बिहिबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानमा ९८ वटा शाखा तथा ४५ वटा ATM मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ । बैंकले समयसापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।





















प्रतिक्रिया