Logo

आजको तस्बिर

विरोधको फरक शैली : सडकमा नमुना राष्ट्रियसभा बैठक, ओलीको राजीनामाको निर्णय



प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा भंग गर्ने निर्णयको चौतर्फी आलोचना भइरहेको छ । प्रतिनिधिसभा भंग गर्ने निर्णय संवैधानिक इजलासमा वहशमा छ । कानुनविद् पक्ष विपक्षमा बाडिएर वहश गरिरहेछन । राजनीतिक दल तथा तिनका भातृसंगठनले दिनहुँ जसो विरोध कार्यक्रम गरिरहेछन । सडकमा उल्टो जुलुस, लालटिन जुलुस ,ठेला जुलुस । लाग्छ अव विरोधको शैली फेरियो । यही क्रममा बुधबार राजधानीमा फरक शैलीको विरोध कार्यक्रम आयोजना भएको छ ।

‘नेपाल टीन लिडर्स’ को आयोजनामा भएको कार्यक्रममा सडकमै ‘नमुना राष्ट्रियसभा’ बैठक राखिएको छ भने सो बैठकबाट प्रधानमन्त्रीको कदम असंवैधानिक भएको निष्कर्ष निकाल्दै उनले राजीनामा गर्नुपर्ने निर्णय समेत गरिएको छ ।

140265203_218202966347123_3669783899835688914_n.jpg

राजधानीको भृकुटीमण्डस्थित पद्मोदय मोड अगाडि सडकमा भेला भएका उनीहरुले संसदीय प्रक्रिया जस्तैगरी बैठक चलाए भने सो बैठकको अध्यक्षता गरेका थिए– विवश बलामीले । राष्ट्रिय गानबाट सुरु गरिएको ‘नमुना बैठक’ मा प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै त्यसम्बन्धी विशेष प्रस्ताव रिवाज बानियाले पेश गरेका थिए ।

सो प्रस्तावमाथि राष्ट्रियसभामा जस्तै गरी छलफल गरेर ओलीको कदम ‘असंवैधानिक’ भएको ठहर युवाहरुले गरेका थिए । यस्तै उनीहरुले ओलीले राजीनामा दिनुपर्ने निर्णय गर्दै राष्ट्रपतिलाई प्रतिनिधिसभा बैठक अबिलम्ब बोलाउन सिफारिस समेत गरेका छन् ।

बैठकले केपी शर्मा ओलीले राजीनामा दिँदै प्रतिनिधिसभा पुनःस्थापित गरेर राष्ट्रपतिले प्रतिनिधिसभा बैठक बोलाउनुपर्ने सिफारिस गरी संकेतिक रुपमा दवाव दिइएको कार्यक्रम व्यवस्थापक विशाल केसीले जानकारी दिए ।

139823324_704604093583327_933848862336917156_n.jpg

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार १३:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।