Logo

बागमती प्रदेश

डा. केसीको सरकारलाई दुईहप्ते अल्टिमेटम, माग पूरा नभए १७औँ अनशन



स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै आएका प्राडा। गोविन्द केसी १७औँ अनशन बस्‍ने भएका छन्। १६औँ अनशनका क्रममा भएका सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधनलगायतका सातवटा माग आगामी दुई हप्तासम्म पूरा नभए पुनः अनशन सुरु गर्ने डा। केसीले चेतावनी दिएका छन्। आइतबार एक विज्ञप्ति जारी गर्दै केसीले सरकारसमक्ष आफ्नो माग पूरा गर्न दुईहप्ते अल्टिमेटमु दिएका हुन्।

 

केसीले  विश्वविद्यालयहरूमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुरूप निष्पक्ष र पारदर्शिता ढंगले पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्था गर्नुपर्ने, नेपालका सबै निजी मेडिकल कलेजले अवैध रूपमा असुल गरेको सम्पूर्ण  रकम फिर्ता गर्नुपर्ने,  दोषी मेडिकल कलेजहरूलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाही गर्नुपर्ने उनले माग गरेका छन्। त्यस्तै उनले शिक्षा तथा स्वास्थ्य उपसमितिले गरेको मेडिकल कलेजको शुल्क र सिट संख्यामा वृद्धिलगायतका निर्णय खारेज गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल चिकित्सा शिक्षा सञ्चालन गर्नुपर्ने, प्रदेश २ र गण्डकी तथा डोटी, डडेल्धुरा, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अगाडी बढाउनु पर्ने माग गरेका छन्।

प्रकाशित मिति : १९ आश्विन २०७६, आईतवार ०९:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।