Logo

स्वास्थ्य

ललितपुरको पाटन र मेघा अस्पतालमा ४ जना कोरोना संक्रमतिको मृत्यु



ललितपुरको पाटन र मेघा अस्पतालमा ४ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पाटन अस्पतालमा ३ जना र मेघा अस्पतालमा एकजना कोरोना संक्रमतिको मृत्यु भएको हो ।

मृत्यु हुने संक्रमित मध्ये एकजना ३ जना महिला र एकजना पुरुष रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पाटन अस्पतालमा सर्लाहीका ६० वर्षका एक पुरुष, ललितपुरका ७६ र ६८ वर्षका दुईजना महिलाको मृत्यु भएको हो । पाटन अस्पतालमा भएका एक पुरुष र दुई महिलाको शुक्रबार मृत्यु भएको हो ।

यस्तै मेघा अस्पतालमा भक्तपुरकी एकजना ९० वर्षीया वृद्धा महिलाको मृत्यु भएको छ । ती महिलालाई असोज १ गते अस्पताल भर्ना गरिएकोमा शनिबार ९असोज ३ गते० मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार १३:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।