Logo

अर्थ

धितोपत्र बजारमा सुधार



मंसिर १७,२०७६ काठमाडौं ।
धितोपत्र बजारमा सामान्य सुधार आएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार सामान्य गिरावट भएको शेयर कारोबार मापक नेप्से परिसूचक ३.७५ अङ्कले वृद्धि आज भई एक हजार ११५.७४ पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.६३ अङ्कले बढेर २४६.३४ पुगेको छ । परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । स्टकका अनुसार मंगलबार कुल १७२ कम्पनीका १० लाख १० हजार ९९१ कित्ता शेयर रु २६ करोड ६८ लाख एक हजार ५५८ मा खरिदबिक्री भयो ।

कारोबार भएका १२ उपसमूहमध्ये चार उपसमूहको शेयर घटेको छ । बैङ्किङ २.२९, होटल ६.९४, हाइड्रोपावर ६.०५, निर्जीवन बीमा १९.६४, उत्पादन २२.८९, माइक्रो फाइनान्स १४.६४, जीवन बीमा ६३.७९ र सामूहिक लगानी कोषको शेयर ०.०८ प्रतिशतले बढेको छ । यस्तै व्यापार १७.९५, विकास बैङ्क ०.३१, फाइनान्स १.२६ र अन्य उपसमूहको शेयर २.७५ ले घटेको छ ।
परिसूचक बढेपनि साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले सबैभन्दा बढी ५.४१ प्रतिशतले गुमाए । रासस

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलवार ११:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।