Logo

अर्थ

यूनियन लाईफको दोस्रो साधारण सभा सम्पन्न



यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाले संचलाक समितिले पेश गरेकोे आ.ब.२०७४/०७५ को वार्षिक प्रतिवेदन, आ.ब.२०७४/०७५ को लेखा परिक्षणको प्रतिवेदन स्वीकृत गरेको छ ।

यसै गरी आ.ब. २०७५/०७६ का लागि लेखा परीक्षकको नियूक्ती तथा कम्पनीबाट सामाजिक उत्तरदायित्व अन्र्तगत भएका खर्चहरु समेत स्वीकृत गरेको छ ।

साधारण सभाले कम्पनीबाट सर्वसाधारण समक्ष निष्काशन गरिने आइपिओ निष्काशनका लागि प्रक्रियागत कार्य अगाडी बढाउने सहमती प्रदान गरेको छ ।

कम्पनीले जारी पूजी २ अर्ब १५ करोड भएको सर्वसाधारणका लागि छुट्याएको ३० प्रतिशतका दरले हुन आउने ६४ करोड २० लाखको बराबरले हुन आउने ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमारलाल कर्णले बीमा क्षेत्रमा यूनियन लाइफले कम्पनीलाई बीमा क्षेत्रको उत्कृष्ट कम्पनी बनाउने जानकारी गराए ।

प्रकाशित मिति : ४ पुष २०७६, शुक्रबार ११:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।