Logo

प्रदेश

प्रदेश ३ : राजधानी हेटौंडा र नाम वागमती हुने निश्चित



केही दिनदेखि निकै चर्चामा रहेको प्रदेश ३ को राजधानी र नामको विषयमा सत्तारुढ र प्रतिपक्ष दलले संयुक्त रुपमा प्रस्ताव दर्ता गराएका छन् । अब प्रदेश ३ को राजधानी हेटौंडामा र नाम वागमती रहेने निश्चित भएको छ । यो प्रस्तावमा सत्तारुढ दल र प्रतिपक्ष दलका सांसदहरुले संयुक्त प्रस्ताव दर्ता गराएपछि राजधानी र नामको टुंगा लाग्ने निश्चित छ ।

शनिबार बिहान प्रदेश सभा सचिवालयमा सत्तारुढ नेकपासहित प्रतिपक्षी दलहरु कांग्रेस, राप्रपा, राप्रपा संयुक्तलगायत दलले संयुक्त प्रस्ताव दर्ता गराएका हुन् । मुख्यमन्त्री एवं नेकपा नेता डोरमणी पौडेलको यो प्रस्तावमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राप्रपाकी रीता माझी र राप्रपा (संयुक्त) की रीना गुरुङले समर्थन गरेका छन् ।

दुई जना सांसद रहेको नेमकिपा भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । विवेकशील पार्टीले भने प्रदेशको नाम वागमतीमा सहमत भएपनि राजधानी काभ्रेको धुलिखेल बनाउनुपर्ने प्रस्ताव आजै बिहान दर्ता गराएको छ ।

प्रदेशको नाम र राजधानीबारे आज दिउँसो १ बजेदेखि छलफल हुँदै छ । आइतबार भने मतदान हुने छ । प्रदेशसभाको दुई तिहाइ बहुमतले नाम र राजधानी टुंगो लगाउनुपर्छ ।

प्रकाशित मिति : २६ पुष २०७६, शनिबार ०६:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।