नदी उत्खननको विरोध गरेकै कारण हत्या गरिएका धनुषाको मिथिला नगरपालिका–५ का दिलीप महतोको परिवारलाई प्रदेश २ सरकारले ५ लाख आर्थिक सहयोग गर्ने भएको छ ।
सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले दिलीपको परिवारलाई ५ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।
अवैध उत्खननको विरोध गर्दै आएका दिलीपको गत शुक्रबार बिहान हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा चार जनालााई प्रहरीले पक्राउ गरेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको बताइएको छ ।





















प्रतिक्रिया