Logo

अर्थ

आइएमई डिजिटल सोलुसन लिमिटेड र युकेएड सक्षमविच सम्झौता



जनकपुरधामलाई नेपालको पहिलो क्यासलेस शहर बनाउने

आइएमई ग्रुपद्वारा प्रवर्धित आइएमई डिजिटल सोलुसन लिमिटेड र युकेएड सक्षम एक्सेस टू फाइनान्स प्रोग्रामविच साझेदारी गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

प्रदेश २ को राजधानी जनकपुरधाममा आयोजित एक कार्यक्रममा आइएमई पे का तर्फबाट सिइओ विकास कुमार नहाटा र युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामका तर्फबाट टिम लिडर निर्मल दाहालले सो सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

सम्झौता सँगै आइएमई डिजिटल सोलुसन लिमिटेडले जनस्तर सम्म वित्तीय पहुँच पुर्‍याउनका लागि विभिन्न कार्यक्रम कार्यान्वयन गर्नेछ । उक्त कार्यक्रमले जनकपुरधामलाई क्यासलेस बनाउन केन्द्रित रहनेछ । विश्वका विकसित शहरहरु क्यासलेस भै रहेको अवस्थामा जनकपुरधामलाई पनि क्यासलेस बनाउने प्रयासको थालनि भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि रहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले जनकपुरधामलाई क्यासलेस शहरको रूपमा विकसित गर्नकालागि प्रदेश सरकारबाट आवश्यक सबै सहयोग उपलब्ध गराउन तयार रहेको बताए । आइएमई ग्रुपका सिइओ सुमन पोखरेलले बदलिँदो समयमा क्यासलेस आजको आवश्यकता रहेको बताए ।

क्यासलेसको अभियान सफल पार्नु जनकपुरधाम क्षेत्रका लागि निकै ठूलो चुनौती रहेपनि ठूलो सम्भावना समेत रहेको उल्लेख गरे । पोखरेलले यसका लागि सबैको सहयोगको अपेक्षा समेत गरेका थिए । आइएमई डिजिटल सोलुसनका सिइओ नहटाले सेवाग्राहीलाई डिजिटल वित्तीय प्रणालीमा समाहित गर्न सकिए नोट र सिक्का जस्ता भौतिक भुक्तानीको झन्झट बाट मुक्त हुन सकिने धारणा राख्दै यो वित्तीय समावेशीकरण तर्फको कदम भएको समेत उल्लेख गरे ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार १२:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।