Logo

प्रदेश

ज्योतिलाल कलवारका बाबु छाेराले गरे बनिताको जग्गा आफ्नो भन्दै ४ करोडको ठगी



बनिता कनोडियाको नाममा रहेको बिरगंज महानगरपालिका १४ स्थित गण्डक वहुऔरीको जग्गा आफ्नो रहेको भन्दै सर्वसाधारणलाई बिक्रि गरेको खुलासा भएको छ ।

बिरगंजकै स्थानीय ज्योतिलाल कलवार र उनका छोरा विजय कलावारको मिलेमतोमा उक्त ठगि कार्य भएको हो । जग्गा आफ्नो रहेको भन्दै सर्वसाधारणबाट उनले साढें चार करोड भन्दा धेरै रकम ठगी गरेको समेत सार्वजनिक भएको छ ।

रकम लिएर पनि कलवार परिवारले आफूहरूको नाममा जग्गा पास नगर्दिएको भन्दै सर्वसाधारण महानगरपालिकाको कार्यलय पुगे सँगै उक्त ठगी धन्धाको खुलासा भएको हो ।

उक्त खुलासा सँगै आफ्नै नाममा रहेको जग्गा बेचिएपछि त्यसको बिषयमा कुरा गर्न कलवार परिवारलाई बनिता कनोडियाको कार्यलमा बोलाएर छलफल गर्न खोज्दा उनले नै गुण्डा लगाएर कुटपिट गर्न खोजेको आरोप लगाएका थिए ।

अनैतिक गतिविधिमा संलग्न रहेको र विभिन्न व्यक्तिहरूलाई ठगी गरेको आरोपमा ज्योति कलवार यसअघि पनि जेल परिसकेका व्यक्ति हुन् । आफ्नै जग्गा सर्वसाधारणलाई बिक्री गरेको सुनेपछि आफू अचम्मित बनेको कनोडियाले अनलाईनपानालाई बताइन् ।

उक्त बिषयमा हामीले कलवारलाई फोन गरेर बुझ्दा आफूले बेचेको स्वीकार गरे र भने तपाईलाई जे लेख्न मन लाग्छ लेख्नुहोस् मलाई यो बिषयमा थप बोल्नु छैन् भन्दै फोन काटे पछि फोन गर्दा उल्टै ठूलो स्वर गरे ।

यता अनुवर अली मन्सुरीले ४ करोड मध्येको पैसाबाट आफू कि त पैसा कि जग्गा देउ भन्दा उनलाई ज्यान मार्ने धम्की दिएको खुल्न आएको छ । सो धम्की आएपछि कलवारले जिल्ला प्रसाशन कार्यलय पर्सामा कारबाहिको लागि निवेदन हालेका छन् ।

स्मरण रहोस् कलवारका धेरै कर्तुतहरु हामीलाई प्राप्त भएका छन् अर्को अंकमा प्रस्तुत गर्नेछौं ।

 

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार १६:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।