Logo

प्रदेश

अवैध सम्बन्ध लुकाउन श्रीमतीकै मिलेमतोमा हत्या प्रकरणमा थप एक पक्राउ



ललितपुरको पाटनढोकामा गत साउनमा भएको हत्या प्रकरणमा संलग्न भएको आरोप लागेका थप एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मकवानपुरका १९ बर्षीय थिङलाई पक्राउ गरेको जनाएको छ ।

उदयपुर घर भई ललितपुरको बालकुमारी बस्दै आएका ३३ बर्षीय हरि खड्काको गत साउनमा हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । अनुसन्धानका क्रममा मृतक खड्काकी श्रीमतीको समेत संलग्नता देखिएको प्रहरीले जानकारी दिएको थियो ।

अनुसन्धानमा खटिएका अधिकारीका अनुसार मृतक खड्काकी श्रीमती र कुमार थिङ बीचलामो समय देखि अवैध सम्बन्ध रहेको थियो ।मदिराले लठ्ठ भएको समयमा कुमारसहितको समूहले मूर्तिकाे काम गर्ने खड्कालाई कुटपिट गरेका थिए । कुटपिटले खड्काको ज्यान गएको थियो । कुमार भने फरार छन् । घटनामा संलग्न भएको आरोप लागेका ८ मध्ये खड्काकी श्रीमतीसहित पाँच जना मात्र पक्राउ परेका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलवार १३:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।