कैलास-मानसरोवर शिवजीको बासस्थान हो । कैलास मानसरोवर कहिले र कसरी चीनको अधीनमा पुग्यो ? यस कुराले नेपाल–भारत र विश्वका हिन्दु तथा बौद्धहरुलाई अत्यन्त पिरलो भइरहेको छ । हाम्रो विनम्र अनुरोछ छ( चीन सरकारले नेपाललाई फिर्ता गरेर विश्वभरमा चीनले आफ्नो महान उदारताको उदाहरण पेश गर्न सकोस् ।
सभ्यताको विकास क्रममा हिमवतखण्ड नेपाल तथा भारत बीचमा यगगौंयुगदेखि गहन तादाम्यता छ । पूर्वमा ब्रम्हपुत्र पश्चिममा हिन्दु कुश, उत्तरमा कैलाश–मानसरोवर र दक्षिणमा गंगासम्मको भूभागलाई नैं ‘हिमवत्खण्ड’ हो । शिवजीको बासस्थान कैलास–मानसरोवर हो ।
कैलाश पर्वत पौराणिक कथाका आधारमा हेर्दा कैलाश पर्वतमा देवादि देब महादेवको निवास्थान रहेको छ ।
हुम्ला जिल्लाको नेपाल र तिब्बत सिमानामा अवस्थित घुमौरे सडक र साथमा रहेको कर्णाली नदीको एक मनोरम दृश्य । हुम्ला नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको कर्णाली अञ्चलमा रहेका जिल्लामध्ये एक अत्यन्तै दुर्गम हिमाली जिल्ला हो । शाके सन १३९३ मा मेदनी बर्मा जुम्लाका शासक भएपछि जुम्लाको शासित प्रदेश हुम्लालाई आफ्ना ज्वाँई बलिराज शाहीलाई दिएका थिए । यिनैको वंशजले सन् १७३६ सम्म यस प्रदेशमा शासन गरे ।
बहादुर शाहको कालमा विसं १८४६मा जुम्लालाई गोर्खाली फौंजले विजय गरेपछि जुम्ला शासित थियो । भक्ति थापाको नेतृत्वमा आएको फौंजले यो विद्रोह दवाउनुका साथै तिब्बत सम्मको भू(भागलाई नेपालको प्रशासकीय क्षेत्रको रूपमा मिलाएका थिए । तिब्वतको ताक्लाकोटबाट उत्तर पश्चिममा अत्यधिक रूपमा बसेका नेपालीहरूको स्थितिबाट पनि भक्ति थापाले तिब्वतका अरु भागहरू नेपालमा मिलाएका थिए भन्ने स्पष्ट हुन्छ । कैलास मानसरोवर नेपालकै थियो भने कैलास मानसरोवर चीनको सवामित्वमा कसरी पुग्यो ? हाम्रो विनम्र अनुरोछ छ( चीन सरकारले हिन्दु तथा बौद्धहरुलो प्रतिष्ठाको लागि नेपाललाई फिर्ता गरेर विश्वभरमा चीनले आफ्नो महान उदारताको उदाहरण पेश गर्न सकोस् !
हिमवतखण्ड हिमालको काखमा सिर्जित देवताको कर्मथलो हो । हिमालयको यो क्षेत्र शिवजीको क्रिडास्थल हो । हिमवतखण्ड नेपाल विश्वको सभ्यता, ज्ञान, विज्ञानको उद्गम भूमि हो । यसको कति महानता र महत्व छ भन्ने कुरा यहाँ छोटकरीमा ब्याख्या गरेर सकिदैन । इतिहासविद् योगी नरहरिनाथले उल्लेखगर्नु भएकोछ– ‘कैलास–मानसरोवरदेखि हिन्दमहासागरसम्म जस्को राज्य र घर छ त्यो हिन्दु हो । सभ्यता विकासमा विश्व जगज्जेष्ठ हिमालय हो । मानव जेष्ठ हाम्रो दर्शन जेष्ठ हो ।
कैलास–मानसरोवरको यात्राको लागि अत्याधिक जाडो र बर्षाबाट सुरक्षित भएर यात्रा गरिने अनुकुल समय बैशाख र जेष्ठ १५सम्म र असोज महिनालाई उपर्युक्त ठानिन्छ । करिव ४०० स्क्यार किमिमा फैलिएको मानसरोवरको ब्याख्या स्कन्दपुराणमा उल्लेख छ । मानसरोवरमा सतीदेबीको दाँया हात खसेको हुँदा त्यहाँ एक शीलालाई उनको पूजा गरिन्छ । यो एक शक्ति पीठ पनि हो । ब्रम्हपुत्र नदी, सिन्धु, सतजल तथा कर्णाली नदीको मुहान मानसरोवर नैं हो । कैलास पर्वतको उचाई ६७१४ मिटर छ । पौराणिक कथन अनुसार शिव बाहेक ब्रम्हा आदि देवगण– मरिचि, रावण, भस्माशुर, आदिले यहाँ तपस्या गरेका थिए । यस प्रदेशमा ब्यास, भीम, कृष्ण, दत्रात्रैय आदिले यात्रा गरेका थिए ।
दत्तातय ऋषि हिमालय घुम्न जाँदा हिमालयले उनलाई ब्रम्हाद्रारा निर्मित मानसरोवरको दर्शन गराएर त्यसको महत्व बारे बताएका थिए । त्यस स्थानमा ऋषिह?को आत्रम पनि थियो । भगवान शिव स्वयं राजहंस भएर मानसरोवरमा जलपरिक्रममा गरिरहने विश्वास गरिन्छ । यस सरोवरमा सबै देवताहरु ब्राम्हमुहर्तमा स्नानका लागि आउने गर्छन भन्ने विश्वास गरिन्छ । अतः समयकालको संक्षिप्तमा वर्णनगर्दा– ऋषि महर्षिहरुले अविछिन्न रुपमा चलिरहने समयलाई सत्य, त्रता, द्वापर र कलियुग गरी चार भागमा विभाति गरेका थिए । यसैको आधारमा मानव सभ्यताको आरोहण प्रत्यारोहण हुने क्रम जारी छ ।
सुगौली संधि भन्दा अगाडि र राणा शासनपछि नेपालमा विक्रम संवत् २००७ सालमा प्रजातन्त्रको उदय भएपछि पनि कैलास मानसरोवर नेपालकै थियो । वास्तवमा २०१३ सालसम्म तिब्बतले नेपाललाई प्रतिसाल रु. दश हजार बुझाउनु प¥थ्यो । तिब्बत नेपालको अधीनमा थियो वा युद्धको बेलाको नेपाललाई क्षतिपूर्ति बुझाएको हो । त्यो खोजीको विषय छदैछ । मैले बुझेसम्म २०१३ सालमा प्रधानमंत्री टंकप्रसाद आचार्यको समयमा चीनसँग संधि हुँदा एकमुष्ट चीन सरकारले ६ करोड नेपाललाई दिने र त्यसपछि प्रतिसाल तिब्बतले बुझाउनुपर्ने रुपैयाँ बुझाउनु नपर्ने सर्त भएको थियो भनिन्छ । त्यो ठीकै हो त्यसको पनि अभिलेख पाइएको छैन ।
तर कैलास मानसरोवर कहिले र कसरी चीनको अधीनमा पुग्यो ? यसकुराले नेपाल–भारत र विश्वका हिन्दु तथा बौद्धहरुलाई अत्यन्त पिरलो भइरहेको छ । कैलास मानसरोवरको कुरा अत्यन्त सम्वेदनशील छ । यसकुरालाई नेपाल सरकार, विश्वहिन्दु महासंघ लगायत बौद्ध संगठनहरुले चीनसँग गहिरो समझदारी बढाएर यसको छिनोफानो गरेर हिन्दु तथा बौद्धहरुको आत्मालाई शान्ति दिलाउने सद्कर्म गरिनुपर्छ ।
नेपाल–भारत र विश्वभरका हिन्दु तथा बौद्धहरुको साझा तीर्थस्थल हो– कैलास मानसरोवर । यो कसरी र कहिलेदेखि चीनको भूभाग हुन गयो ? नेपालको आफ्रनो भूमि भित्रको तीर्थस्थल कैलास मानसरोवर चीनको सवामित्वमा कसरी पुग्यो ?
नेपाल चीन–बीचमा सोझो र सिधा सीमाना कायम गर्दा कैलास मानसरोवर नेपालभित्रै रहँदा सीमाना बाङ्गो हुनेहुँदा– ‘नेपाल, भारतका हिन्दु तथा बौद्धहरुले कुनै रोकठोक कैलास मानसरोवरको तीर्थ गर्न सँधै स्वतन्त्र हुनेछन्, चीनबाट कुनै रोकठोक हुने छैन । नेपालको राष्ट्रिय झण्डा पनि राख्न पाउने, हिन्दुहरुका झण्डा, पहिचान, ध्वजा–पतका सम्पूर्ण चिन्हहरु समेत राख्न पाउने’ भन्ने कुरा व्यवहारमा छ । तर यथार्थ के हो–त्यो पाउन सकिएको छैन । कैलास मानसरोवर चीनभित्र रहने भन्ने कुनै संधि भएको छ वा छैन, यो स्पष्ट छैन ।
यसो भएकाले मेरो नम्र निवेदन छ कि नेपालले चीनबीचमा कुनै समझदारी भएको छ वा छैन नेपाल सरकारले चीनसरकारसँग विनम्र अनुरोधात्मक प्रस्ताव गरेर कैलास मानसरोवरले के कति क्षेत्र ओगटेको छ । त्यसको एकीन हुनुपर्छ ।
मलाई लाग्छ–नेपालको दार्चुला, जुम्ला, हुम्ला जिल्लाको उत्तरतर्फबाट कैलास मानसरोबरसम्मको जे जति क्षेत्र छ त्यसलाई हामी हिन्दु तथा बौद्धहरुको तीर्थस्थललाई मान्यता दिएर चीन सरकारले हिन्दु तथा बौद्धहरुलो प्रतिष्ठा र कल्याणको लागि नेपाललाई फिर्ता गरेर विश्वभरमा चीनले आफ्नो महान उदारताको उदाहरण पेश गर्न सकोस् भन्ने हाम्रो विनम्र अनुरोछ छ ।
कैलास–मानसरोवरको यात्राको लागि अत्याधिक जाडो र बर्षाबाट सुरक्षित भएर यात्रा गरिने अनुकुल समय बैशाख र जेष्ठ १५सम्म र असोज महिनालाई उपर्युक्त ठानिन्छ । करिव ४०० स्क्यार किमिमा फैलिएको मानसरोवरको ब्याख्या स्कन्दपुराणमा उल्लेख छ । मानसरोवरमा सतीदेबीको दाँया हात खसेको हुँदा त्यहाँ एक शीलालाई उनको पूजा गरिन्छ । यो एक शक्ति पीठ पनि हो । ब्रम्हपुत्र नदी, सिन्धु, सतजल तथा कर्णाली नदीको मुहान मानसरोवर नैं हो । कैलास पर्वतको परिधि ४३ किमि छ ।
कैलास पर्वतको उचाई ६७१४ मिटर छ । पौराणिक कथन अनुसार शिव बाहेक ब्रम्हा आदि देवगण– मरिचि, रावण, भस्माशुर, आदिले यहाँ तपस्या गरेका थिए । यस प्रदेशमा ब्यास, भीम, कृष्ण, दत्रात्रैय आदिले यात्रा गरेका थिए । आद्य शैकराचार्यले यही प्राण त्यागेका थिए भनिन्छ । सुषुम्ना, हेमाद्री, देवगण आदि पर्वतले सुजज्जित यो पर्वत प्राकृतिक छटाको भण्डार हो । यो पर्वत हिन्दुहरु, बौद्ध, जैन, सिख, आदि धर्मावलम्बहिरको साझा तपोभूमि हो । काठमाण्डौंबाट करीब ९३३ किमि टाडा रहेको यो पुण्यस्थलमा बस वा मोटरबाट जान सकिन्छ । कैलास मानसरोवरमा बार्षिक ३० हजार भन्दा बढी यात्रुहरु नेपाल, भारत, भैटान, भियतनाम, रुस लगायतका देशहरुबाट आउने गर्छन जस्मा भारतीय यात्रुहरु सबैभन्दा बढी हुन्छन् । एउटा अत्यन्न ख्याल राख्नुपर्ने कुरा छ कि अक्सिजनको अभाव भएमा ज्यान जान पनि सक्छ । त्यसको लागि दबाईमूलो र डाक्टरको बन्दोवस्त त्यत्तिकै हुनुपर्छ ।
कैलास मानसरोवरको यात्राको अनुभव गरेर अमर अधिकारीले लेखेका छन्– कैलास–मानसरोवरको यात्रामा जाँदा नेपालबाट कोदारी राजमार्गहुँदै खासाबाट तिब्बतको न्यालम बजारबाट ब्रम्हपुत्र नदीको तटमा रहेको ब्यापारिक केन्द्र मानिएको दोडवा बजारबाट साँगा बजार पुगिन्छ । कैलास मानसरोवर जाने सो बाटो बाटो साहै्र रमणीय छ । दक्षिणतिर लहरै बसेका हिमाली सिंखला उत्तरतर्फआश्चर्यजनक पहाडी चुचुरासम्म फाँटमा चरिरहेका भेडा, च्याग्र, चौरी, याक, तथा घोडाका बथान देखिन्छन् ।
मानसरोवर तर्फ लाग्दा एउटा ठूलो निकै फराकिलो, सुन्दर र नीलो ‘रसातल‘ नामको ताल देखिन्छ । त्यस तालले मानसरोवरलाई घेरेको छ । त्यसपछि समुन्द्र जस्तो लाग्ने नीलो, त्यसमा पौडिरहेका राजहाँस, वरिपरि हिमाल, उत्तरमा शिवलिङ्ग आकारको मनमोहक कैलास पर्वत देखिदै मानसरोवरको तटमा पुगिन्छ र मानसरोवरमा पुगेर स्नान गरिन्छ ।
मानसरोवर पुगेपछि कैलास पर्वको परिक्रमा गरिन्छ । परिक्रमा गर्दा पैदल हिड्न नसक्नेहरुको लागि घोडाको व्यवस्था पनि छ । यात्राको १४ किमि पर ४९१० मिटर उचाईको देरापोक पुगिन्छ । त्यहाँबाट कैलासको साक्षत दर्शन गर्न सकिन्छ । त्यहाँ राम्रो गेष्ट हाउसको पनि व्यवस्था छ । कैलास पर्वतको पूरा परिक्रमापछि अष्ट पर्वतको परिक्रमा शुरु हुन्छ । कैलासको दक्षिण मोहडाबाट उकालो चढी माथि डाडामा पुगिन्छ र त्यहाँबाट पनि कैलास पर्वतको राम्रो दर्शन गर्न सकिन्छ ।
मानव सभ्यताको विकास कहाँ र कहिलेदेखि प्रारम्भ भयो भन्ने कुरा अझैसम्म खोजको विषय नैं बनेको छ । आजभन्दा दुई–अडाई सय बर्ष अगाडिसम्म पानी जहाज, मोटर, रेल, हवाइ जहाज आदि आधुनिक भौतिक साधनह?को अनुसन्धान भएको थिएन । त्यसबेला बेलायत, इराक, इजिप्ट, युनान, पेकिड, ल्लासा, दिल्ली, मुम्बई, टोकियो, अमेरिका, जुम्ला, काठमाण्डौं जनकपुरधाम, लुम्बिनी, आदि अहिलेका विकसित वा अर्ध्विकसित देशह?को आपसमा सम्पर्कमा थिएन । यातायातका साधनको विकास नभएपछि घोडा, हात्ती, डुङ्गाको सहाराबाट मान्छेहरु जहाँ पुग्थे त्यही मात्र सम्पर्कको आधार थियो । संसारमा मानिसको विकास सबै ठाउँमा एकै समयमा भएता पनि मानव सभ्यताको विकास कहाँ भयो भन्ने कुराको अध्ययन गर्दा सबैले आ–आफनै तर्कहरु प्रस्तुत गरेता पनि वास्तवमा वैदिककाल नैं मानव सभ्यताको उद्गम हो भन्ने कुरा बुझिन्छ ।
मानव सभ्यताको विकासमा समाजलाई आवश्यक पर्ने संहिता, सहिष्णुता र अस्मिता नैं सामाजिक जीवनको स्रोत थियो । जसरी सभ्य जीवन पद्धतिको उजागर गर्नमा वैदिक युग नैं विश्व सभ्यताको पे्ररक बन्न पुग्यो । मानवीय जीवनशैली र सभ्यता बोकेका राष्ट्रह?मा ‘हिमवतखण्ड नेपाल’ र ‘भारत खण्ड’ नैं हुन् । यी दुबै राष्ट्रबाट विश्वभर वैदिक–हिन्दु दर्शन, संस्कृति र सभ्यताको विस्तार भएको हो । वैदिक–हिन्दु सभ्यता विस्तार गर्ने क्रममा संसारका अनेकौं भूभागह?को पैदल भ्रमण गरेर वैदिक श्रृषिहरुले मानव जीवन पद्धतिको ज्ञान गर्थे ।
श्रृषिहरु भन्थे–‘कृण्वन्तो विश्वमार्यम्’ अर्थात विश्वलाई सभ्य बनाऔं । प्राचीन समयदेखि हिमवतखण्ड नेपाल तथा भारतको सभ्यतालाई विश्वले ठूलो महत्व राख्दै आएको र यहाँका सामाजिक मान्यता र पद्धतिलाई संसारका देशहरुले आ–आफ्नै तरिकाले प्रयोगमा ल्याएका थिए ।
सभ्यताको विकास क्रममा हिमवतखण्ड नेपाल तथा भारत बीचमा यगगौंयुगदेखि गहन तादाम्यता छ । इतिहासविद् योगी नरहरिनाथले उल्लेख गर्नु भएको छ– ‘कैलास–मानसरोवरदेखि हिन्द महासागरसम्म जसको राज्य र घर छ त्यो हिन्दु हो । सभ्यता विकासमा विश्व जगज्जेष्ठ हिमालय हो । मानव जेष्ठ हाम्रो दर्शन जेष्ठ हो । मनु यही जन्मेका, वेद यहीं जन्मेका, उपनिषद् तराइमा बनेका हुन् । विश्व सभ्यता हाम्रो दर्शनको मूल उदेश्य हो ।’ यही हिसावले नेपाल–भारत हिन्दुहरुको लागि पवित्र पूण्यभूमि मानिन्छ ।
पूर्वमा ब्रम्हपुत्र पश्चिममा हिन्दु कुश, उत्तरमा कैलाश–मानसरोवर र दक्षिणमा गंगासम्मको भूभागलाई नैं ‘हिमवत्खण्ड’ भनिन्छ भने गंगादेखि हिन्दमहासागरसम्मको भूभागलाई भारतखण्ड भनिन्छ । यी दुई राष्ट्रमा मानवीय सभ्यताका स्रोत, सिर्जना र जीवन पद्धतिका मार्गदर्शनको एक अर्कामा ब्यापक हुँदै क्रमशः श्रुतिबाट वेदशास्त्रको जन्म भयो । विदेशी अधिक्रमणको कारणले भारतमा हिन्दु अस्मिता नष्ट गराउने काम भयो । भारतमा अंगे्रजहरुबाट हिन्दु अस्मिता माथि आक्रमण बढ्दो अवस्थामा पुगेपछि नेपाल पनि अछुतो हुने स्थिति थिएन ।
गोरखाका राजा पृथ्वीनारायण शाहले स–साना टुक्राहरुमा विभाजित हिमवतखण्डका राज्यह?को एकीकरण गरेर समयमैं विश्वभरमा वैदिक हिन्दु सनातन धर्म तथा बौद्धहरुको सार्वभौम अस्तित्व र प्रतिष्ठा विदेशी आक्रमणबाट जोगाएर राख्ने काम गरे । यस उसले यो भूमि–नेपाल कहिले पनि बिटुलो भएन ।
दत्तातय ऋषि हिमालय घुम्न जाँदा हिमालयले उनलाई ब्रम्हाद्रारा निर्मित मानसरोवरको दर्शन गराएर त्यसको महत्व बारे बताएका थिए । त्यस स्थानमा ऋषिहरुको आत्रम पनि थियो । भगवान शिव स्वयं राजहंस भएर मानसरोवरमा जलपरिक्रममा गरिरहने विश्वास गरिन्छ । यस सरोवरमा सबै देवताहरु ब्राम्हमुहर्तमा स्नानका लागि आउने गर्छन भन्ने विश्वास गरिन्छ । अतः समयकालको संक्षिप्तमा वर्णनगर्दा– ऋषि महर्षिहरुले अविछिन्न रुपमा चलिरहने समयलाई सत्य, त्रता, द्वापर र कलियुग गरी चार भागमा विभाति गरेका थिए । यसैको आधारमा मानव सभ्यताको आरोहण प्रत्यारोहण हुने क्रम जारी छ ।
मानव सभ्यतामा निरन्तरता दिलाउन सामाजिक सुव्यवस्थाको लागि मानिसको आयुलाई सय बर्ष कायम गरी २५÷२५ बर्षको चार अवधिमा विभाजन गरिदिएका थिए । मानिसमा सामान्यतया इहलौकिक र पारलौकिक दुई प्रकारका इभ्छाहरु रहन्छन् । मनुले भित्रको चिन्तनलाई उजागर गर्ने र आखाँले बाहिरी संसारमा देखेर बुझ्ने कुरा हुन् । सनातन वैदिक हिन्दु परम्परामा पाञ्चायन पूजक भित्र सबै तथ्य प्राप्त हुन्छन् । ब्राह्मणदेखि दलित जाति भित्रका सबै वर्ण, लिङ्गका व्यक्तिहरु समान पमा साधना र उपासना गर्न सकिने भएको हुँदा जातिगत र कट्टरपना राखेर लिङ्गभेदको नीति अख्तियार गर्नु आफैमा धार्मिक सममञ्जस्यता खल्बलाउनु सरह्र हो । गणेश, सूर्य, शिव, बिष्णु, भगवती पाँत्र पाञ्चायन देबी दवताको उपासनामा हिन्दू बौद्ध, जैन, शिख समेतलाई संयोजन गरेर अगाडि बढेको नेपाली समाज लिच्छविकाल देखि नैं प्रंचलनका आएको हो ।
वैदिक हिन्दुहरु भन्छन्– ‘विश्वमा सबै सुखी हऊन संसारमा कोही पनि दुःखी र रोगी नहऊन्,सबै उदार हऊन विश्वका सम्पूर्ण मानव हाम्रा आफन्त हुन् ।’ यसरी यस्ता उदात्त विचार लिएर विश्व वन्धुत्वको लागि क्रियाशील बनौं भन्ने यो वैदिक सनातन हिन्दु परम्परा आफैमा महान छ । वेद् उपनिषद्, पुराणहरु यही हिमवत् क्षेत्रकै उपज हुन् । जनक राजाले मिथिला क्षेत्रमा हजारौं बर्ष अगाडि सच्यताको विकास गरे । मैत्रेयी र यज्ञवल्क्य जस्ता महान ऋषिह?ले वेदका ऋचा लेखेका थिए ।
बाल्मिकी ऋषिले चितौनको बाल्मिकि आश्रममा बसेर रामायण लेखेका थिए । तेइस सय बर्ष अगाडि अशोकले यस क्षेत्रका सभ्य र सुसंस्कृत क्षेत्रीबंशका देवपालसँग आफ्नी छोरीे चा?मतीलाई बिवाह गराएका थिए । वशिष्ट ऋषि रामका गु? थिए । उनको वासस्थान देवघाट– वशिष्ट गुमामा थियो । अहिले पनि हामीह? वशिष्ट गुमा देख्न सक्छौं । वशिष्ट ऋषिले वशिष्ट उपनिषद्मा हिमवतखण्डको विषयलाई लिएर– “भारतबर्षे उत्तरायणे हिमालय तटे स्वर्णभूमि स्वर्गभूमि” भनेको कुरालाई ह्रृदयाङ्गम गर्दा यो क्षेत्र कति महान छ भन्ने कुरा बुझिन्छ । कालीदासले पनि कुमार सम्भवको पहिलो श्लोकमा “हिमालय पर्वतको पूर्वदेखि पश्चिमसम्म नैं यो आर्यभूमि हो” भनेर पुष्टि गरेकाछन् ।
अनादिकालदेखि नै ऋृषिमुनीहको अथक चिन्तन र प्रयत्नबाट वेद, उपनिषद, पुराण, रामायण, अनेकौं धर्मशास्त्र, राज्यका विधिविधान र सिद्धान्तह? कैलास–मानसरोवरदेखि गंगासम्मकै भूभागमा सिर्जिएका हुन् । तर सभ्यताको जति–जति विकास हुँदै आएको छ उति–उति बिकृती पनि थपिदै गएकाले ऋषिमुनीको ठाउँमा सीसीमुनीहरुको स्थान बढन लागेकाले मानव सभ्यतामा क्रुर दानवीय संस्कारको विकास हुन लागेको छ । यसबाट मुक्त हुन हामी नेपालीहरुले हिमवतखण्ड–नेपालको महिमा, सभ्यता, उद्गमको अध्ययन गरेर विश्वमा जेष्ठ सभ्य नागरिकको हैसियत देखाउन नेपालमा विभिन्न जाति जनजातिहरुबीचमा ‘अनेकतामा एकता’ कायम हुनु तराई, पहाड, हिमाली क्षेत्रका नेपाली जातिको स्थापित मान्यता हो ।
नेपाल र भारत संसारमा हिन्दु अस्मिता बोकेका राष्ट्र हुन् । भारत बर्षमा मुसलमान र अंग्रेजी साम्राज्यबाट हिन्दुत्व तहस नहस गर्न खोजिएता पनि ठूलो प्रयत्नका साथ भारतका हिन्दुह?को हिन्दुत्व बिटुलो भइसकेता पनि बचाएरै राखे । यस उसले सांस्कृतिक हिसाबले नेपाल र भारतबीचमा धेरै पारस्पारिकता छ । तर यदि नेपालमा राजसंस्था र हिन्दु अधिराज्य रहेन भने नेपाल र भारतबीचमा कहीे फरक देखिदैन । नेपालको स्थापनाकालदेखि राजसंस्था र हिन्दु अधिराज्य रहेकाले संसारमा आफ्रनै मोलिकतामा उभिएको पुरानो सार्वभौम राष्ट्र हो । नेपाल कहिले पनि साम्राज्यवादीको पासोमा परेन ।
कैलास मानसरोवर नेपालकै थियो(कैलास मानसरोवर चीनको सवामित्वमा कसरी पुग्यो? हाम्रो विनम्र अनुरोछ छ( चीन सरकारले हिन्दु तथा बौद्धहरुलो प्रतिष्ठाको लागि नेपाललाई फिर्ता गरेर विश्वभरमा चीनले आफ्नो महान उदारताको उदाहरण पेश गर्न सकोस् !
त्यसैले नेपालसँग भारतको तुलना हुन सक्तैन । यस स्थितिमा नेपालको सार्वभौमसत्तासँग जोडिएको गौरवमय सास्कृतिक राष्ट्रवादलाई जीवित राख्न नेपालको राष्ट्रिय एकता, हिन्दु तथा बौद्धको संरक्षकको रुपमा स्थापित राजसंस्था र हिन्दु अधिराज्य यथावत कायम गरी युगयुगान्तरसम्म जोगाउन राख्न हामी सम्पूर्ण नोपालीहरु संकल्पकृत हुन सकौं ।
















प्रतिक्रिया