Logo

प्रदेश

काभ्रेको पनौतीको स्थिति नियन्त्रण बाहिर, प्रसाशनले लगायो कर्फ्यू



टिपरको ठक्करबाट सोमबार दिउँसो आमा, छोरीको मृत्यु भएपछि काभ्रेको पनौती बजार आज बिहानैदेखि तनाबग्रस्त बनेको छ ।

पनौती बसपार्कमा टिपरले ठक्कर दिएको ठक्करबाट खानीखोला गाउँपालिका–१ की ३३ वर्षीया जुनीमाया गोले र तीन वर्षीया छोरी स्मारिका गोलेको ज्यान गएपछि आक्रोसित स्थानीय सोमबार दिउँसोदेखि नै प्रदर्शनमा उत्रिएका थिए ।

गाडी तोडफोडसहित जुलुसमा निस्किएपछि स्थानिय प्रसाशनले निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्लाको स्थिति नियन्त्रण बाहिर जाने देखेपछि प्रशासन कार्यालय काभ्रेले कर्फ्यू आदेश जारी गरेको छ । बिहान ९ बजेदेखि लागु हुने गरी पनौती बजारमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलवार ०९:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।